AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पार्टीले जिम्मेवारी घटुवा गरेपछि माओवादीका तीनजना नेताद्वारा जिम्मेवारी अस्वीकार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ भाद्र २०७८, बुधबार १५:३६
2.31k
Shares
विराटनगर/ नेकपा माओवादी केन्द्रले जिम्मेवारी घटुवा गरेपछि तीनजना सह–इञ्चार्जले जिम्मेवारी अस्वीकार गरेका छन् ।

यसअघि नै पार्टी इञ्चार्ज भइसकेका नेकपा माओवादी केन्द्र उदयपुरका नेता संविधानसभा सदस्य तथा प्रदेश कमिटी सदस्य मोहनबहादुर खत्री (दीपक) र मणि खम्बू तथा प्रदेश कमिटी सदस्य भीमबहादुर अधिकारीले सह–इञ्चार्जको जिम्मेवारी अस्वीकार गरेका हुन् ।

भदौ १९ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को आतिथ्यतामा बसेको भर्चुअल बैठकको निर्णयपछि २० गते बसेको प्रदेश १ समितिको कार्यालय बैठकले आफूहरुलाई छलफलबिनै सह–इञ्चार्ज तोकेको भन्दै मंगलबार विज्ञप्तिमार्फत उनीहरुले सह–इञ्चार्ज अस्वीकार गरेका हुन् ।

पार्टी विधान र स्थायी समितिले जारी गरेको परिपत्रको भावना विपरीत दोहोरो जिम्मेवारी हुनेगरी कार्यविभाजन गरिएकोले जिम्मेवारीमा नबस्ने उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तर भित्री रुपमा माओवादीका प्रदेश अध्यक्ष सुरेशकुमार राईले यसअघि नै इञ्चार्जको जिम्मेवारी सम्हालेका व्यक्तिहरुलाई पेलेर सह–इञ्चार्जमा झारेको माओवादी केन्द्रका कार्यकर्ताहरुले दाबी गरेका छन् ।

पार्टीले जिम्मेवारी दिँदा कुनै परामर्श र छलफल नगरेको, पार्टीको विधान र स्थायी कमिटीको निर्णय विपरीत जिम्मेवारी तोकिएको उनीहरुले आरोप लगाएका छन् ।

‘एउटै व्यक्तिलाई दोहोरो तेहेरो जिम्मेवारी पर्ने गरी गरिएको निर्णयमा हाम्रो असहमति थियो’ तीनैजनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश कार्यालयको निर्णयले गरेको कार्यविभाजन सह–इञ्चार्जको जिम्मेवारी अस्वीकार गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर