RUMPUM
animated ellipse animated ellipse

पत्रकार देवानलाई आक्रमण गर्ने एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ मंसिर २०८०, शुक्रबार १८:१०
855
Shares
विराटनगर / पत्रकार प्रेम देवानमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका ६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । राय आक्रमण गर्ने मुख्य व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई आज दिउँसो मोरङको धनपालथानबाट पक्राउ हो ।

हिजो दिउँसो समाचार संकलन गर्न गएका देवानलाई विराटनगर महानगरपालिकामा बाहिर आक्रमण गरेका थिए । विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार सङ्कलनका लागि उनी विराटनगर महानगरपालिका पुगेका थिए । आन्दोलन गर्दै आएका समूह मध्ये रायले पत्रकार देवानलाई आक्रमण गरेका थिए । आक्रमणबाट उनको बाँया हातमा चोटपटक लागेको छ ।

देवानले मोरङ प्रहरीमा अभद्र्र व्यवहारको मुद्दामा रायसहित दुई जना विरुद्ध उजुरी दिएका छन् । उजुरी परेको मध्ये राय पक्राउ परेका छन् । अर्का एक जना पक्राउ पर्न बाँकी रहेको छ । उनको पनि खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई अभद्र्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गर्ने मोरङ प्रहरीका प्रवक्ता डिएसी दहालले बताए । रायलाई प्रहरीले आइतबार म्याद थप गरि अनुसन्धान गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर