CLASSICTECH NET

मोरङ व्यापार संघको वृक्षारोपण अभियान शुरु

खबर पूर्वाञ्चल, ३१ श्रावण २०७६, शुक्रबार २१:४९

विराटनगर / पर्यावरण प्रबद्र्धन आजको प्रमुख आवश्यकता रहेको महशूस गर्दै मोरङ ब्यापार संघले मोरङमा बृक्षारोपण अभियान शुरु गरेको छ ।

संघको १० हजार बोट विरुवा वृक्षारोपण गर्ने अभियान अन्तरगत पहिलो चरणमा शुक्रबार सूर्यदल गण थलाहा व्यारेक कटहरीमा एक हजार बिरुवा बृक्षारोपण गरेको हो । फलफूल तथा अन्य बोट विरुवाहरु वृक्षारोपण गरी आफ्नो अभियानको शुभारम्भ गरेको संघका अध्यक्ष प्रकाश मुण्दडाले जानकारी दिए ।

संघका अध्यक्ष मुण्दडाले उद्योग व्यवसायको प्रबद्र्धनका क्रियाकलापहरुमा सक्रीय रहनुका साथै वातावरण एवं पर्यावरण संरक्षण गर्नु पनि सबैको दायित्व रहेको बताए । उनले वृक्षारोपण गर्नु भन्दापनि रोपिएका बोट विरुवाहरुको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै वृक्षारोपण गरिएका बोट विरुवाहरुको संरक्षण र प्रबद्र्धनकालागि उक्त गणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । पहिलो चरणको अभियान सुर्यदल गणबाटै शुरु गरेकोले यो अभियानलाई निरन्तरता दिईनेल मुण्दडाले बताए । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले अभियान अत्यन्त प्रशंसनीय रहेको बताए । संघले थालनी गरेको अभियानबाट आफू अत्यन्त हर्षित भएको बताउँदै आगामी दिनमा यस किसिमका कार्यक्रमहरुमा आफ्नो मन्त्रालयले सदैव सहकार्य गर्न तत्पर रहेको जानकारी दिए ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले वृक्षारोपणको शुभारम्भ गरेसँगै अभियान अघि बढेको थियो । वृक्षारोपणको शुभारम्भ गर्दै मन्त्री कार्की प्रदेश सरकारले पनि वृक्षारोपण अभियानका कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा संघबाट पनि शुरु हुनुले सँगै सहकार्यको लागि काम गर्न तयार रहेको बताए । मन्त्री कार्कीले तीव्र गतिमा भैरहेको वन विनाशकाकारण वातावरण प्रतिकूल प्रभाव परिरहेको छ भन्दै २०७४ साल साल पछि नेपालमा वनको संरक्षण गर्ने काम प्रभावकारीरुपमा भैरहेको बताए । उनले नेपाली सेनाको ब्यारेक भित्र रोपिएका विरुवाको राम्रो हेरचार हुने बताए ।

वृक्षारोपण कार्यक्रमको सहयोगीको रुपमा एशियन थाई फुड्स रहेको छ । साथै सुर्यदल गण, थलाह व्यारेकका प्रमुख सेनानी रघुनाथ पौडेलले वृक्षारोपण गरिएको विरुवाको संरक्षणको दायित्व अब गणमा आएको बताउँदै संरक्षण पाउने बताए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५