पूर्वाञ्चल खबर
चलचित्र अमेरिकाको न्यूयोर्कस्थित गुल्सन थिएटर (टेरेस)मा सेप्टेम्बर १ का दिन प्रदर्शन हुनेभएको हो । आर.एण्ड बी. ग्लोबल म्यानेजमेन्ट आई.एन.सी.का राजेन्द्र राई, विजेन्द्र राई र रोस्मन राईले प्रदर्शनको जिम्मा लिएको हो ।
भीषण राईले निर्देशन गरेको चलचित्र ‘पुरानो बुलेट’मा नायक अनुपक्रिम शाही मुख्य लिड रोलमा छन् भने उनलाई वर्षा शिवाकोटी र माला लिम्बुले साथ दिएका छन् । यस्तै अन्य कलाकारहरुमा चर्चित व्याण्ड द एक्सका भोकलिष्ट शिव मुखिया, कविता आले मगर, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, मात्रिका पौडेल, लक्षणा राईलगायत रहेका छन् ।
चलचित्रलाई हङकङ, कोरिया र जापानमा पदर्शन हुंदा त्यहाँका दर्शकहरुले अत्यधिक मन पराएका छन् । चलचित्र भर्खरै धरानको गोर्खा सिनेप्लेक्समा च्यारिटी शो गरिएको थियो । त्यहाँ पनि चलचित्रले वाहवाही बटुलिसकेको छ ।
‘चलचित्र अमेरिकाको अन्य स्थानहरुमा पनि प्रदर्शन गरिनेछ ।’ चलचित्रका कार्यकारी निर्माता÷स्क्रिट राइटर सन्तोष राईले भने–‘न्युयोर्कको प्रथम शो पछि अमेरिकाको अन्य स्टेटहरुमा पनि चलचित्र प्रदर्शनको कुरा भइरहेको छ अब चाडै नै अन्य स्थानहरुमा पनि लाग्नेछ ।
चलचित्रलाई विरेन साम्बा, टिकाराम राई, अशोककुमार राई र दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् ।