पूर्वाञ्चल खबर
कार्यक्रममा परिचर्चाकारहरुले पुस्तक केही गर्ने सोचभ एकाहरुकालागि प्रेरणाको स्रोत भएको बताए । टिकाराम पुरीले आफ्नो संघर्षमा आधारित पुस्तक खाली खुट्टा गत वर्ष बिमोचन गरेका थिए ।
प्रज्ञ तथा पूर्व राष्ट्रीयसभा सदस्य खेम नेपालीले पुरीले आफ्नो यथार्थ पुस्तकमा प्रस्तुत गरेको बताए । पुस्तक भित्र नेपाली भाषामाथि भइरहेको प्रहारदेखि समाजको अवस्थालाई चित्रण गरिएको उनले बताए । खाली खुट्टामा समावेश भएका विषयले राजनीतिक संस्काररसमाज सुधारकालागि सन्देश दिएको उनले बताए । किताबमा लेखकले पाठकलाई न्याय गरेको उनले बताए ।
साहित्यकार टिका आत्रेयले पुरीको पुस्तक पठनीय भएको बताइन् । जीवनको बास्तविकता उल्लेख गरिएको कृतिले केही गर्न चाहानेका लागि उर्जा थप्ने उनले बताइन् । पुस्तकका विषय बस्तु र प्रस्तुती सरल रहेको उनको भनाई छ ।
विद्यालय शिक्षासुरुगर्दै खाली खुट्टा हिड्नुपर्ने रपहिलो पटक तराई जाँदा खाली खुट्टाहिडेका विषयले शीर्षकलाई सम्बोधनको उल्लेख गर्दै उनले समग्र पुस्तकले नामलाई न्याय गरेको बताइन् ।
पुस्तक टिकाराम पुरीको मात्रै नभई आम नागरिकको कथा ससमेटिएको उनको भनाई छ । खाली खुट्टाले ५० वर्षको समाजलाई प्रस्तुत गरेको उनले बताइन् ।निरन्तर बग्ने पानीले ढुङ्गा काट्ने बताउँदै उनले नियमित साधना गर्दा सफल हुन सकिने सन्देशपुस्तकले दिएको बताइन् ।
साहित्यकार खगेश्वर घिमिरेले पुस्तकले सबै पक्षलाई यथार्थ रुपमा प्रस्तुत गरेको बताए । पुस्तक दस्ताबेज रुपमा रहेको बताउँदै उनले खाली खुट्टामा आम नागरिकको भोगाई समेटिएकोबताए । उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुका लागि पुस्तक उपयोगी रहेको उनको भनाई छ ।
मकालु साहित्यक समाजका अध्यक्ष साहित्यकार ताराबहादुर बुढाथोकीले संखुवासभाबाट सुरु भएको संघर्षको कथाले पाठकलाई प्रेरणा मिल्ने बताए । पुरीको पुस्तकलेनिरन्तर मेहनत गर्दा गन्तव्यमा पुगिन्छ भन्ने पुस्तकले दिएको उनले बताए ।
लेखक टिकाराम पुरीले आफूले भोगेका र गरेका संघर्षको कथालेपाठकलाई न्याय गर्ने बताए । पुस्तकले आफ्ना सबै विषय पारदर्शी रुपमा राखेको उनको भनाई छ ।