खबर पूर्वाञ्चल
प्रहरीले उनलाई बिराटनगर महानगरपालिका १७ मटेरुवा बोडर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतीय रुपैयाँ सहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट चेकजाँचको क्रममा भारतीय नोट ५ सयको २ सय ८ थान बरामद गरेको छ । नेपालका १ सय रुपैयाँ भन्दा माथिका नोटहरू प्रतिबन्ध लगाएको छ । पक्राउ परेका बालकोटी र भारतीय रुपैयाँ आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ ।
यस्तै प्रहरी चौकी सिक्टी मोरङबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका ८ स्थित डायनिया सिक्टी सडक खण्डमा बोलेरो गाडी वेवारिसे अवस्थामा फेला पारेको छ । उत्तर फर्काई पार्किङ गरी राखेको को २ च २७८६ नंम्वरको वोलेरो गाडी वेवारिसे अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उक्त वोलेरो गाडी यातायात कार्यालय ईटहरी सुनसरीमा पनि दर्ता नभएको भेटिएको छ । प्रहरीले फेला पारेको बेलेरो गाडी चोरीको हुनसक्ने भएकोले आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगर वुझाएको छ ।