AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता सरस्वती स्कुलले जित्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०८२, बुधबार १६:५१
108
Shares
पुष्पराज थपलिया
विराटनगर /चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको उपाधि साविक विजेता सरस्वती स्कुलले जितेको छ ।

आज भएको फाइनलखेलमा सरस्वतीले सत्यनारायण स्कुललाई ४० रनले पराजित गरि उपाधि जितेको हो ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई ८३ रनको सामान्य योगफल तयार पारेको थियो । सरस्वतीका विकाह कामतले १९ रन बनाउँदा रोहित कामतले पनि १९ रनको योगदान दिए । सत्यनारायणका मनिष कामत, राहुल यादव र शत्रुधन चौधरीले २–२ विकेट लिए ।

जवाफमा ८४ रनको लक्ष पछ्याएको सत्यनाराणले १२ दशमलव ३ बलमा सवै विकेटको गुमाई ४३ रनमा सिमित भयो । सत्यनाराणका सागर यादवले १६ रनको योगदान दिए । सरस्वतीका पशान्त यादवले ४ विकेट लिँदा सुरज मण्डलले ३ विकेट दिए ।

फाइनल खेलको प्लेयर अफ दी म्याच सरस्वतीका प्रशान्त यादव र सुरज मण्डल सम्युक्तरुपमा भए । प्लेयर अफ दी सिरिज ग्रिनपिसका मिराज शेख हुँदा उत्कृष्ट ब्याटर ग्रिनल्याण्डका प्रिन्स यादव र उत्कृष्ट बलर सरस्वतीका प्रशान्त यादव घोष्ति भए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि मोरङ जिल्ला क्रिकेट सँघका उपाध्यक्ष रिषिबचन यादव, हिसान कोशीका सदस्य मनिष भट्टराई, नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ, नेपालका पूर्व खेलाडी सिद्धान्त लोहनी, मिल्स क्रिकेट क्लवका अध्यक्ष मुरली चौधरी र मोरङ जिल्ला क्रिकेट सँघका सदस्य मनोज चौधरीलगायतले पुरस्कार तथा ट्रफि वितरो गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर