AArya
RUMPUM
animated ellipse animated ellipse

६ विद्यार्थी सगठनको चेतावनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ भाद्र २०७६, आईतवार २०:४०
3
Shares
विराटनगर / विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसले आधा दर्जन विद्यार्थी संगठनले राखेको विभिन्न माग २४ घण्टा भित्र पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतवनी दिएका छन् ।

६ वटा विद्यार्थी संगठनले ऋँज् एक विज्ञाप्ती जारी गर्दै यस्तो चेतवनी दिएका हुन् । उनीहरूले विभिन्न ११ वटा माग राखेका छन् । उनीहरूले क्याम्पसको प्राइभेट कार्यक्रममा दिइने छात्रवृती १० प्रतिशत विद्यार्थीलाई अविलम्बन दिनुपर्ने, प्रत्येक संकाय कार्यक्रममा भएको आम्दानी र खर्भको विवरण तत्काल सार्वजानिक गरिनुपर्ने, विद्यार्थी कल्याणकारी कोषको २०६८ देखि होलसम्मको हिसाब सार्वजानिक गरिनुपर्ने माग अघि सारेका छन् । यस्तै क्याम्पसले अविलम्ब स्वेतपत्र सार्वजानिक गर्नुपर्ने, प्रवेश परीक्षा फारम लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, क्याम्पसका जीर्ण भएका कक्षाकोठाहरुको मर्मत सम्भार तथा रंगरोगन हुनुपर्नेलगायतको माग छन् ।

क्याम्पस प्रशासनले २४ घण्टा भित्र विद्यार्थी संगठनले उठाएको मागको सम्बोधन नगरे जस्तोसुकै आन्दोलनमा उत्रिने विज्ञाप्तीमा उल्लेखछ । अनेरास्वीयू क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी यूनियन, संघिया विद्यार्थी फोरम, अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघले विद्यार्थीले विज्ञाप्ती जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर