CLASSICTECH NET

ईलाका प्रहरी कार्यालय रानीको भवन शिलान्याश

खबर पूर्वाञ्चल, २७ श्रावण २०७६, सोमबार ११:३०

विराटनगर / ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र निर्माण हुन लागेको प्रहरी कार्यालय भवन तथा आवास गृहको शिलान्याश भएको छ ।

प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालले भवनको शिलान्याश गरे । पुरानो भवन जिर्ण भई दैनिक काम कारवाहीमा कठिनाई भएको अवस्थामा प्रहरी प्रधान कार्यालयले युएनओपिएसको सहयोगमा ५ कठ्ठा १० धुर क्षेत्रफलमा, ७ करोडको लागतमा सुविधा सम्पन्न कार्यालय भवन तथा आवास गृहको निर्माण हुन लागेको हो ।

प्रदेश १ प्रहरी प्रमुख ज्ञवालीले भवन मात्र सबै चिज नभई भवनबाट प्रवाह हुने सेवा सबै भन्दा ठुलो र भवनको महत्व भन्दा पनि भवनबाट प्रवाह हुने सेवाको गुणस्तरको महत्व बढी हुने तथा प्रहरी कस्तो छ भन्ने देखाउने हुँदा यसवाट प्रवाह हुने सेवाको स्तरमा बृद्धी गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । साथै उनले तोकिएकै समयमा र तोकिएकै मापदण्ड अनुसार निर्माण सम्पन्न भई हस्तान्तरण हुनेमा आफु बिश्वस्त रहेको बताउदै सम्बन्धीत निर्माणकर्तालाई सम्झौता वमोजिमकै समय र मापदण्डमा निर्माण सम्पन्न गर्न अनुरोध गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जवसम्म कानून कार्यान्वयनको विकाश हुँदैन तवसम्म मानव सभ्यताको विकाश नहुने हुँदा समाजमा शान्ति सुरक्षाको विकाश गर्न र सभ्यताको विकाशमा पहिलो अवश्यकता भनेको प्रहरी र सुरक्षा रहेको बताउँदै प्रहरी प्रविधी मैत्री र सुविधा सम्पन्न हुनुको विकल्प नरहेको बताए ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५