AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल विश्वविद्यालय ब्यवस्थापन संकायका डिनमा थपलिया

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ भाद्र २०७६, मंगलवार १७:२८
81
Shares
विराटनगर /पूर्वाञ्चल विश्वविद्यालय ब्यवस्थापन संकायका डिनमा विजुकुमार थपलिया नियुक्त भएका छन् ।

प्रा.डा .खगेन्द्र आचार्यको कार्यकाल सकिएको दुई महिना पछि सो पदमा विश्वविद्यालय भित्रकै पूर्णकालिन शिक्षक प्रा.डा. थपलिया नियुक्त भएका हुन् । हाल पूर्वाञ्चल मेनेजमेन्ट कलेजका क्याम्पस प्रमुख रहेका प्रा.डा. थपलिया विगत २० वर्षदेखि तत्कालीन ब्यवस्थापन क्याम्पस र हाल पुसोम कलेजमा कार्यरत रहेका छन् । उनी यस अघि सोही संकायद्वारा सञ्चालित एम.फिल. तथा पिएचडी कार्यक्रमका निर्देशकसमेत थिए । उनले भारतको गुवाहाटी विश्वविद्यालयबाट स्नातकोत्तर र नर्वेको मोल्डे युनिभर्सिटीबाट पिएचडी गरेका छन् भने यसअघि पनि डीनको पदमा कार्य सम्पादन गरिसकेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर