RUMPUM
animated ellipse animated ellipse

कारमा लुकाएर लैजादै गरेको लागुऔषधसहित धरानबाट २ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ भाद्र २०७६, सोमबार ११:४४
3
Shares

धरान / सुनसरीको धरान उपमहानगरपालिका ८ तीनकुनेबाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आईतबार राती १२ बजेको समयमा ईटहरीबाट धरानतर्फ आउदै गरेको को २ च १०२१ नम्बरको कारलाइ चेक जाँच गर्ने क्रममा धरान १५ का ३९ वर्षिय रुभिन श्रेष्ठ धरान २ का ५६ वर्षिय बनबरिलाल शर्माले लुकाइ छिपाई ल्याउदै गरेको अवैध लागुऔषध लाईलेक्स २८ बोतल फेला पारेको थियो ।

लागुऔषधसहित पक्राउ परेका दुवै जना र कारलाई ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर