AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ फोनिजकोे अध्यक्षमा अर्जुन जम्नेली राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ श्रावण २०७६, शुक्रबार १६:३३
3
Shares
उदयपुर / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश १ कमिटीको अध्यक्षमा अर्जुन जम्नेली राईको निर्विरोध निर्वाचित भएका छन् ।

उदयपुरको गाईघाटमा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा फिपराज बेघा, भूमिका सुब्बा, महासचिवमा विदुर खवास, सचिवमा सन्देश सुब्बा, अस्परा समाल मगर र कोषाध्यक्षमा सुशान राई चयन भएका छन् ।

यसैगरी खुल्लातर्फ सदस्यहरूमा वीरबहादुर पापो, राजन साम्पाङ राई, प्रेम देवान, टङ्कलाल राई, भाष्कर चौधरी, महेन्द्र मादेन रहेका छन् । महिला सदस्यमा साहारा लिम्बू, मानवी तामाङ, विनादेवी तामाङ रहेका छन् । त्यस्तै संस्थागत सदस्यमा नवीन गुरुङ, प्रदीपकुमार चौधरी, चन्द्रकुमार राई, अतीत योङहाङ रहेका छन् भने अल्पसङ्ख्यक सदस्यमा विजय धिमाल निर्वाचित भएका छन् ।

त्यस्तै लेखा समितिको संयोजक घनेन्द्र केरुङ, र सदस्यद्वय खगेन्द्रकुमार राई र ज्ञानु केदेम रहेका छन् । अनुशासन समितिका संयोजकमा निशान्तकुमार चौधरी रहेका छन् भने सदस्यमा जयराम मगर छन् । बिहीबारदेखि शुरु भएको अधिवेशनको बन्दसत्रका क्रममा तीन जना अध्यक्ष पदका लागि आकांक्षी देखिएका थिए । जसमा सुनसरीबाट जनकऋषि राई, मोरङबाट भक्तशेर लिम्बू रहेका थिए । सहमतिका आधारमा जनकऋषि र भक्तशेरले नाम फिर्ता लिएपछि राई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर