खबर पूर्वाञ्चल
पक्राउ पर्ने सुनसरी इनरुवा नगरपालिका ४ का ३३ वर्षीय सन्तोष मेहता रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीले पुस १६ गते उनलाई जवरजस्ती करणी उद्योगमा पक्राउ गरेको हो ।
पीडितले जाहेरी दिएपछि प्रहरीले जवरजस्ती करणी उद्योगमा दोस्रो पटक म्याद थप गरेर अनुसन्धान सुरु गरेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए । ‘प्रतिवादीलाई म्याद थप गरेर अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी तिम्सिनाले भने । पुसको पहिलो हप्ता ती किशोरी माथि मेहताले जवरजस्ती करणाी गर्न खोजेको आरोप छ ।