CLASSICTECH NET

महानगरले जिम्मा लियो बेवारिसे विरामीको उपचार सुरु

खबर पूर्वाञ्चल, २८ श्रावण २०७६, मंगलवार १९:४९

विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालमा एक साता अघि आएका एक बेवारिसे युवाको उपचार सुरु भएको छ ।

देब्रे खुट्टामा घाउ बोकेर ओखलढुंगा घर बताउँने ३५ वर्षीय शंकर मगर एक साता अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडि वेवारिसे अवस्थामा थिए । उपचारको लागि याचना गरेको एक साता वित्न लाग्दा पनि उनको उपचार नभएको विभिन्न संचार माध्यममा आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले चासो देखाएर उनको उपचार आजदेखि सुरु भएको हो ।

जानकारी पाए लगतै हामीले उपचार गर्न अस्पताललाई लिखित पत्र पठाएका मोरङ प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । उनको उपचार खर्च विराटनगर महानगरपालिकाले व्योहोर्ने भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी वेवारिसे अवस्थाका व्यक्तिलाई भर्ना गराउन अस्पताल पुगेका थिए । उनलाई अर्थाेपेडिक वार्डमा भर्ना गरिएको छ । मगरको उपचारको जिम्मेवारी महानगरपालिकाले लिएको उनले बताए ।

मगर एकसाता अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडी वेवारिसे अवस्थामा थिए । भारतको हरियाणबाट फर्कने क्रममा आफूलाई चोट लागेको बताउने वेवारिसे व्यक्तिले भारतमा रहँदा कुल्लीको काम गरेको बताएका थिए ।

कोशी अञ्चल अस्पतालका मेडिकल सुपर टेण्डेन्ट डाक्टर रोशन पोखरेलले विरामीलाई उपचारकालागि अस्पताल भर्ना गरिएको बताए । कोशी अस्पतालका अर्थाेपेडिक सर्जन डाक्टर यज्ञराज खरेलका अनुसार विरामीको खुट्टा काटेर फाल्नु पर्ने अवस्था रहेको बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५