पूर्वाञ्चल खबर
प्याब्सन विराटनगरले आज विराटनगरमा आयोजना गरेको प्याब्सन आँगनको फाइनल प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन् । उनले बाटोघाटो, पुलपुलेसालगायतका भौतिक निर्माणले मात्र देश समृद्ध नहुने बताए ।
मन्त्री घिमिरेले देशको समग्र विकासका लागि भौतिक विकाससँगै मानवीय विकास पनि उत्तिकै आवश्यक रहेको चर्चा गरे ।
कार्यक्रममा बोल्दै प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले विद्यार्थीभित्र भएको अन्तनिर्हित प्रतिभा प्रस्फुटनका लागि प्याब्सन विराटनगरले यस्ता कार्यक्रमको आयोजना गरेको बताए ।