प्रेस सेन्टरले लगायो पत्रकार महासंघ मोरङमा ताला

४ आश्विन २०८०, बिहीबार १८:३७ विराटनगर / पत्रकार महासंघ मोरङको कार्यालय भवनको मुल गेटमै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ । महासंघ मोरङको कार्यवहाक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएका थिए । उनले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष […]

विर्तामोडका उमानाथ खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी

४ आश्विन २०८०, बिहीबार १७:५२ झापा / झापाको विर्तामोडका उमानाथ खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी परेको छ । इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका अनुसार झापा विर्तामोड–१ निवासी खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी दर्ता भएको छ । भदौ २२ गते ईप्रका अनारमनिमा उजुरी दर्ता भएपनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेको पीडित पक्षको गुनासो रहेको छ । खतिवडाको विरुद्धमा उजुरी दर्ता भएको […]

ग्रेडेड स्कुलमा गायन प्रतियोगिता

४ आश्विन २०८०, बिहीबार १७:४३ विराटनगर / विराटनगर हाटखोलामा अवस्थित ग्रेडेड स्कुलले ग्रेडेड गायन प्रतियोगिता– २०८० आयोजना गरेको छ । विशिबार विद्यालय परिसरमा आयोजित गायन प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्मका ३२ विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीहरुलाइ कक्षा १–५ र कक्षा ६–१० को दुई समुहमा विभाजन गरिएको थियो । कक्षा १–५ बाट प्रसिस्का बराल प्रथम, जिया भगत दोश्रो […]

संविधान दिवसका अवसरमा कलेज अफ लमा वादविवाद प्रतियोगिता

३ आश्विन २०८०, बुधबार १६:२० विराटनगर/संविधान दिवसका अवसरमा पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल ले वादविवाद प्रतियोगिता गरेको छ । वादविवाद प्रतियोगितामा रञ्जित लावती प्रथम र प्रवेश दाहाल द्वीतिय भएका छन् । त्यस्तै, लोकेन्द्र श्रेष्ठ तृतिय भएका छन् भने निमु शेर्पाले सान्त्वना पुरस्कार पाएकी छिन् । संघीयता अवसर हो भन्ने पक्षमा सात जना र संघीयता चुनौती हो भन्ने विषयमा सात जना […]

निबन्धमा शिक्षादीपका एन्जल र सुगम प्रथम

३ आश्विन २०८०, बुधबार १६:१४ विराटनगर / विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत अब्बल साबित भएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको शिक्षादीपले अतिरिक्त क्रियाकलापहरूमा पनि आफूलाई अब्बल साबित गर्न सफल भएको हो । यसको पुष्टि मङ्गलवार भएको छ । कोशी प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर आयोजना गरिएको […]

राजनीतिक अस्थिरताले कोशी प्रदेशमा संघीयताप्रति वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

३ आश्विन २०८०, बुधबार १६:०७ विराटनगर / कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशबासीमा संघीयताप्रति वितृष्णा पैदा भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । संविधान दिवसका अवसरमा आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले जनतामा देखिएको वितृष्णा र निराशालाई चिर्न सबैले सहकार्य र सहमति गर्नुपर्नेमा जोड दिए । ‘हाल […]

तीन जना नगर प्रहरीलाई महानगरले हटायो, नगर प्रहरी कुटने आशिष यादवलाई भने उन्मुक्ति

२ आश्विन २०८०, मंगलवार १४:११ विराटनगर / विराटनगर महानगरपालिकाले नगर प्रहरी हवल्दार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको छ । नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले तीन जना नगर प्रहरीहरुलाई सोमबारबाट लागु हुने गरी जागिरबाट हटाएको हो । यसरी […]

बलभद्र महिला मञ्चद्वारा विरामीलाई फलफुल वितरण

२ आश्विन २०८०, मंगलवार १३:४५ विराटनगर / विराटनगर–६ मा रहेको बलभद्र सेवा समितीले ३५ औं बलभद्र पूजा महत्सव मनाउँने भएको छ । आउँदो विहिबार विराटनगरमा एक कार्यक्रमविच बलभद्र पूजा महत्सव मनाउँने भएको हो । महत्सवको पूर्व सन्ध्यामा बलभद्र महिला मञ्चले कोशी अस्पातमा विरामीलाई फलफुल वितरण गरेको छ । मञ्चले प्रसुती तथा अर्थो विभागमा १२५ विरामीलाई फलफुल। विस्कुट तथा फ्रुटी वितरण […]

विराटनगर विद्यालय नाटक महोत्सवमा पूर्वाञ्चल स्कुलको ‘स्वाद’ उत्कृष्ट नाटक घोषणा

३१ भाद्र २०८०, आईतवार १८:३१ विराटनगर / आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ उत्कृष्ट नाटक घोषणा हुँदै पुरस्कृत भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति, मेलमिलाप र सहिष्णुता जस्ता विषयहरुमा नाटक तयार गरेर विद्यार्थीहरुले अभिनय गरेको पूर्वाञ्चल स्कुलको ‘स्वाद’ उत्कृष्ट नाटक घोषणा हुँदै […]

शिक्षादीपद्वारा विज्ञान दिवस अवसरमा गरेको विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत

३१ भाद्र २०८०, आईतवार १४:४६ विराटनगर / विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले एघारौँ विज्ञान दिवस विभिन्न प्रतिस्पर्धाहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्दै मनाएको छ । आज कलेजमा आयोजित कार्यक्रममा ओजोन तह संरक्षण दिवस (१६ सेप्टेम्बर)का अवसरमा गरिएको निबन्ध प्रतियोगिताका उत्कृष्ट प्रतिस्पर्धीहरुलाई पुरस्कृत गरियो । ‘ओजोन तह विनाश र यसका संरक्षणका उपायहरु’शीर्षकको निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने एन्जल राई, द्वितीय सपना […]

1 2 3 981