विराटनगरको हिमालय दर्शन कलेजका विएचएममा अध्ययनरत विद्यार्थीले गरे पुल पार्टी
खबर पूर्वाञ्चल
११ श्रावण २०८१, शुक्रबार १८:४७
414
Shares
विराटनगर /होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् ।
कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले ‘पुल पार्टी २.० नाम दिइएको पार्टी सम्पन्न गरेका हुन् ।विएचएमको पहिलो सेमेष्टरदेखि सातौं सेमेष्टरसम्मका विद्यार्थीहरूले पुल पार्टीलाई आकर्षक रुपमा आयोजना गरेका थिए ।
कलेजका सहचालकहरूसहित अतिथिहरूको उपस्थिति रहेको उक्त पार्टीमा उनीहरुले हस्पिटालिटी उद्योगका अनेकौँ क्षेत्रबारे प्रयोगात्मक अभ्यास गरेका थिए । विद्यार्थीहरू आफैँले अर्डर म्यानेजमेन्ट, पुल पार्टीको टिकेटिङ, इन्ट्री र बार्बिक्यु लगायत सर्भिसमा विभिन्न क्षेत्रबारे अभ्यास मूलक सिकाइ र मनोरञ्जनात्मक प्रस्तुतिहरू दिएका थिए । दिउँसो ४ बजेदेखि सुरु भएको पुल पार्टी बेलुका ८ बजेसम्म चलेको थियो ।
विद्यार्थीहरूले स्विमिङ पुलको किनारबाट गीत संगीतयुक्त माहौललाई रमाइलो गरेर अनुभुति गरे । पुल पाटीमा विराटनगरको स्थानीय मृत्युन्जय व्याण्डलाई निम्ताइएको थियो । स्विमिङ पुलमा भएको सन्ध्याकालिन संगीतले विद्यार्थीहरुले मन खोलेर सामुहिक नाचेका थिए ।
कलेजले पढाईका अलवा अतिरिक्त क्रियाक्लापमा पनि विद्यार्थीहरुलाई सहभागीता जनाउदै आएको कलेजको पब्लीक रिलेशन अफिसर हिमाल सापकोटाले जानकारी दिए । तस्वीरहरु निरज बज्रचार्य