आफ्नै क्षेत्रलाई प्राथमिकतमा राखेर बजेट विनियोजन गरिएको भन्दै सांसदहरुद्वारा चर्काे आलोचना

२५ असार २०७८, शुक्रबार ०७:४५ विराटनगर । प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना नबनाएको र मन्त्री तथा राज्यमन्त्रीको निर्वाचन क्षेत्रलाई प्राथमिकतमा राखेर बजेट विनियोजन गरिएको भन्दै सांसदहरुले प्रदेशसभामा चर्को आलोचना गरेका छन् । यो समाचार आजको हाम्रोमत दैनिक पत्रिकामा छापिएको छ । सरकारको आलोचना गर्नेमा बिपक्षी दल भन्दा सत्तारुढ दल नेकपा एमालेकै सांसदहरु अग्रपंक्तिमा उभिएका छन् । प्रदेश […]

कोरोना संक्रमितको उपचारमा निजी अस्पतालको उपचारमा ठगी, भरपर्दो सरकारी अस्पताल नै

२२ असार २०७८, मंगलवार ०७:५४ विराटनगर / कोरोना संक्रमित बिरामीहरुको उपचारमा निजीभन्दा सरकारी कोभिड अस्पताल नै भरपर्दाे साबित भएका छन् । यो समाचार आजको हाम्रोमत दैनिकमा राकेश कर्णले लेखेका छन् । मोरङमा कोरोना संक्रमित बिरामीहरुको उपचार हुने ४ ठुला कोभिड अस्पतालमध्ये अधिकांश संक्रमित बिरामीहरुको रोजाई सरकारी अस्पताल नै देखिएको छ । निःशूल्क उपचार, गुणस्तरीय सेवा, चौबिसै घण्टा चिकित्सकीय निगरानी, सघन […]

५२ दिनपछि आंशिक रूपमा पसल खुल्दा व्यापारीहरु उत्साहित

९ असार २०७८, बुधबार ०९:५१ विराटनगर / विराटनगर जलजलामोडस्थित चाइना बजारका संचालक नरेश गुप्ता ५२ दिनपछि आंशिक रूपमा पसल खुलेकोमा उत्साहित थिए । यो समाचार आजको न्यू सृष्टि दैनिकमा ब्रहमदेव यादवले लेखेका छन् । लामो समयपछि खुलेको कपडा पसलदेखि सुन पसलहरूमा किनमेल गर्ने ग्राहकको भीड बाक्लो थियो । कोरोना महामारी दोस्रो लहरका कारण ५२ दिनदेखि पूर्ण रूपमा बन्द विराटनगरका पसलहरू […]

४०–५० अर्बको बजेट दायित्व भइसक्यो : मन्त्री आङ्बुहाङ

९ असार २०७८, बुधबार ०९:०९ विराटनगर / अनुमान तथ्यपरक नभएको भन्दै प्रदेशसभामा सांसदहरूले कुरा उठाइरहँदा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लिम्बुले त्यसलाई स्वीकार्दै सरकारलाई ४०–५० अर्बको बजेट दायित्व सिर्जना भइसकेको बताएका छन् । यो समाचार आजको उद्घोेष दैनिकमा बाबुराम भण्डारीले लेखेका छन् । विगत आर्थिक वर्षका बजेट विनियोजन नै न्यून वित्तमा आधारित भएर आउँदा प्रदेश […]

संक्रमणबाट निधन भएका शव छाडेर आफन्त भागे पछि शव व्यवस्थान गर्न समस्या

९ असार २०७८, बुधबार ०८:१८ विराटनगर / समस्या, संकट र अवस्थाले पनि मानिस निर्दयी बनाउँछ । विराटनगरको अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि शव छाडेर भाग्ने, वास्ताखोजी नगर्ने, आफन्त भन्न नमान्ने जस्ता प्रवृत्ति देखापच्यो । कोरोनाले मृत्यु भएकाको शव नजिक जान नमिल्ने भएपनि आफन्तहरू अन्तिम बेलामा गर्नु पर्ने कर्तव्यबाट विमुख बनेको देखिएको समाचार आजको न्यू सृष्टि दैनिकमा अनुज सापकोटाले लेखेका छन् […]

कार्यान्वयन गर्न सकिने किसिमको बजेट ल्याएको छु– मन्त्री आङ्बुहाङ

३ असार २०७८, बिहीबार ०८:०० विराटनगर / प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आगामी आर्थिक बर्ष २०७८–७९ को बजेट सत्ता पक्ष वा विपक्ष कसैलाई खुसी पार्नका लागि नल्याएको बताएका छन् । यो समाचार आजको उद्घोष दैनिकमा बाबुराम भण्डारीले लेखेका छन् । बजेट वक्तव्यको मुख्य मार्गदर्शनबारे बुधबार मन्त्रालयमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रदेश १ का अर्थमन्त्री आङ्बुहाङले कार्यान्वयन गर्न […]

निर्णय गरेको दुई साता हुन लाग्दा पनि प्रदेश १ मा कार्यान्वयन भएन होल्डिङ सेन्टर

२२ बैशाख २०७८, बुधबार ०८:५९ विराटनगर /कोरोना संक्रमणको दोश्रो लहर समुदायस्तरमा तिब्रगतिमा फैलिएको बेला छिमेकी मुलुकबाट आउनेलाई राख्न प्रदेश सरकार होल्डिङ सेन्टरको बनाउने निर्णय गरेको दुई साता हुन लाग्दा पनि कार्यान्वयन नभएको समाचार आजको हाम्रोमत दैनिकले छापेको छ । भारतबाट आएका मानिसहरुलाई सीमा नाकामै स्वास्थ्य परीक्षण गरी केही समय होल्ड गरे सुरक्षित रुपमा घर पठाउने उद्देश्यले सरकारले होल्डिङ स्थलहरुको निर्माण […]

विराट गोल्ड कप हुने मैदानको स्वरुप तयारी तीव्र,८५ प्रतिशत मैदान तयार

११ चैत्र २०७७, बुधबार १६:४० विराटनगर / चैत्र २६ गतेबाट सुरु हुने विराट गोल्डकप फुटबल प्रतियोगिताका लागि मैदान तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा हुने प्रतियोगिताका लागि गोल्डकप ट्रष्टले मैदान ब्यवस्थापन समितिको संयोजक मधुसुदन खनाललाई जिम्मेवारी दिएको छ । गोल्डकप हुने मिति तोकिएसंगै चैत्र ५ गतेबाट खनाल र सह संयोजक अरुण लामासहितको टोली मैदान तयार […]

सरकार गठनबारे कांग्रेसमा अन्योल

११ चैत्र २०७७, बुधबार ०६:४९ विराटनगर /प्रधानमन्त्री केपी ओलीको सरकार विस्थापित गरी नयाँ सरकार गठन गर्ने विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र फेरि दुई खाले मत देखिएको समाचार आजको उद्घोष दैनिकले छापेको छ । पार्टी सभापति शेरबहादुर देउवाले तत्काल सरकारमा जाने विषयमा अग्रसरता देखाएका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने ओलीको विकल्प खोजेर कांग्रेसले निकास दिनुपर्ने बताउँदै आएका छन् […]

सरकारले सीमा बन्द गरेपनि दैनिक हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार जोगबनीमा

४ मंसिर २०७७, बिहीबार ०७:४७ विराटनगर । नेपाल भारत सीमा बन्द भएपनि किनमेलका लागी प्रहरीकै सामुन्ने दैनिक हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार पुग्ने गरेको समाचार आजको हाम्रोमत दैनिकमा राकेश कर्णले लेखेका छन् । भारत प्रवेश गर्ने मुख्यद्धार बन्द हुँदा पनि विभिन्न चोरबाटो हुँदै दिनहुँ हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार जोगबनी पुग्ने गरेका हुन् । कोरोना संक्रमणको दर न्युनीकरणका लागी गत चैत्र […]