AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शक्तिको अहंकार र घमण्ड नगरौं : अध्यक्ष प्रचण्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ कार्तिक २०७६, शनिबार ०७:५७
144
Shares
विराटनगर/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले विचार र अनुशासनको विधिबाट पार्टीलाई सुदृढ बनाउन आवश्यक रहेको बताएको समाचार आजको जनविद्रोह दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।

नेकपा मोरङले दशैं, तिहार, छठलगायत राष्ट्रिय चाडपर्वहरुको सन्दर्भमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई एकताबद्ध र अनुशासित बनाउँदै शक्ति आर्जन गर्नुपर्नेमा जोड दिए ।

पार्टीका दुई कमाण्डरको निर्णयमा भएको पार्टी एकतालाई सिंगो पार्टी पंक्तिले अनुमोदन गरेको बताउँदै अध्यक्ष प्रचण्डले यसलाई आँखाको नानी बनाउन कार्यकर्तालाई आह्वान गरे । पार्टी एकतापछि एकले अर्कोलाई चिन्नुपर्ने र विश्वास दिलाउनु पर्नेमा उनले जोड दिँदै एकता भएको देख्न नचाहने केही तत्वहरुलाई जवाफ दिनुपर्ने खाँचो रहेको उल्लेख गरे।

तीन महिनामा सम्पन्न गर्ने भनेको पार्टी एकताको काम १७ महिनासम्म पुरा गर्न नसक्दा पार्टीमा बिचार र अनुशासन गडबडाउने सम्भावना हुने भन्दै उनले विधि र विधान अनुसार पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘हामीले बैचारिक स्पष्टता भएको र विधि पद्दतिबाट चल्ने कम्युनिष्ट पार्टी बनाउनु पर्छ,’ अध्यक्ष प्रचण्डले भने ‘अनुशासन र विचारमा गडबड खायो भने हामी सकिनेछौं ।’ कम्युनिष्टहरु विचार र विधि अनुसार नचले आफैं ढल्ने र सकिने गरेको अनुभवबाट सिकेर पद्दतिमा पार्टी चलाउँदै अपराजयको यात्रा तय गर्नुपर्नेमा उनले जोड दिए ।

पार्टीले आर्जन गरेको शक्तिले अहंकार र घमण्ड उत्पन्न हुनसक्नेतर्फ सवै नेता कार्यकर्ताहरु सचेत रहनुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले एकताको सबै काम सकिएपछि विकास र पार्टीलाई नयाँ उचाईमा पु¥याउने गरी देशव्यापी अभियान सञ्चालन गर्ने जानकारी दिए । अध्यक्ष प्रचण्डले दुई पार्टीबीच एकता गर्दा जटिलताहरु आउनु स्वभाविक रहेको पनि बताए । ‘दुई ठुला पार्टीबीच एकता भएको छ त्यस क्रममा जटिलताहरु आउनु स्वभाविक छ,’ अध्यक्ष प्रचण्डले भने ‘जटिलता आयो भनेर एकता नगर्ने र बिचैमा छोड्ने कुरा हुँदैन व्यहोर्नु पर्छ ।’

शुभकामना आदनप्रदान तथा प्रशिक्षणमा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले स्वर्गीय नेता मदन भण्डारी र प्रचण्डको ओरिजिन एउटै भएको दावी पनि गरे । ‘जसरी मदन मण्डारी झापा विद्रोहकालिन ओरिजिनल माले हुनुहुन्नथ्यो, त्यसैगरी म पनि ओरिजिनल माओवादी होइन,’ अध्यक्ष प्रचण्डले भने ‘हामी दुवै जना तत्कालिन पुष्पलाल समूहमा आवद्ध सदस्यहरु थियौं ।’ उनले मदन भण्डारी र प्रचण्डबीच राजनीतिकरुपमा रहेका संयोग र समानताका किस्सा सुनाउँदै भने ‘मदन भण्डारीको अनुपस्थितिमा प्रचण्ड नै मदन भण्डारी हो ।’

दुवै जना पुष्पलाल समूहबाट अन्य समहमा आवद्ध भएर छोटो समयमा नै आन्दोलनको नेतृत्वको रुपमा स्थापित भएको र स–साना कम्युनिष्ट पार्टीहरुलाई समेट्दै दुवै नेताहरु एउटै समयमा छुट्टाछुट्टै पार्टीको महासचिव भएको अध्यक्ष प्रचण्डले स्मरण गरे । एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्छ भन्ने अभियानमा मदन भण्डारी र आपूmले पहल थाल्दै गर्दा उहाँको हत्या भएको अध्यष प्रचण्डको दावी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर