AArya
RUMPUM
animated ellipse animated ellipse

तिहारमा २९ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ कार्तिक २०७६, शुक्रबार ०७:३८
3
Shares

विराटनगर/तिहार पर्वको अवधिमा प्रदेश नम्बर १ मा भएको विभिन्न दुर्घटनामा परेर २९ जनाको मृत्यु भएको समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार यो अवधिमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या भन्दा आत्महत्या गर्नेको संख्या झण्डै दोब्बर रहेको छ ।

हिन्दु धर्मालम्बी नेपालीहरुको दोश्रो ठूलो चाड तिहारको अवधिमा भएको सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । यो अवधिमा १४ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको तुलनामा दोब्बर भन्दा बढीले आत्महत्या गरेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।

आत्म हत्या गरेका १४ जनामध्ये ११ जना झुण्डिएर र तीन जनाले विष सेवन गरेका थिए । आत्महत्याको प्रयास गरेका १६ जनाको भने उद्धार गरिएको छ । उनीहरु सबै उपचारमा रहेको प्रहरीले जनाएको छ । झुण्डिएर आत्महत्या गर्ने दुई जना र विष सेवन गरेका १४ जना उपचारमा छन् ।

चाड अवधिमा प्रदवेशभर ४१ सवारी साधन दुर्घटनामा परेका थिए । ति दुर्घटनामा ६ जनाको ज्यान गएको थियो । घटनामा ५३ जना घाइते भएका थिए । यस अवधिमा २६ मोटरसाइकल, ७ बस, तीन ट्याम्पो, कार, बस, साइकल जस्ता साधनहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ । चाडपर्वलाई लक्षित गरेर प्रदेशभर ट्राफिक प्रहरीहरुको संख्या थप गरेर परिचालन गरिएका कारणले गर्दा पनि दुर्घटना न्युन भएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी कुटपीट तथा झैझगडा हुँदा एक जनाको ज्यान गएको र २० जना घाइते भएको प्रहरीले जनाएको छ । यो अवधिमा विभिन्न ठाउँबाट लडेर चार जनाको ज्यान गएको छ ।

यस्तै दिपावली गर्ने क्रममा पाँच घरमा आगलागी भएको थियो । त्यस क्रममा दुई जनाको ज्यान गएको छ । त्यसबाहेक अन्य १० घरमा विद्युत सर्ट भएर आगलागीको घटना भएको र त्यसबाट झण्डै २ करोड रुपियाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

अत्याधिक मादक पदार्थ सेवनका कारण १ जनाको मृत्यु भएको छ । यसै गरी पानीमा डुबेर अर्का एक बालकको पनि ज्यान गएको छ । तिहार पर्वको समयमा प्रदेशका विभिन्न जिल्लामा ४ वटा जवरजस्ती करणीको घटना भएको र घटनामा संलग्न सबैलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरिरहेको जनाएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष सामाजिक अपराधका घटनाहरुमा कमी आएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले जानकारी दिए । विशेष सुरक्षा योजना र चुस्त क्षा व्यवस्थापनका कारण सामाजिक अपराधका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वका अवसरमा हुने जुवातास, झै–झगडा, चोरी लुटपाट जस्ता घटनामा कमी आएको प्रहरीले जनाएको हो ।

त्यस्तै ठूलो रकमको बाजी राखी जुवा तास खेल्ने र खेलाउने ५८ जना जुवाडेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ८ लाख ४३ हजार ५ सय ८२ रुपैयाँ नगद बरामद भएइको थियो । यस्तै दिपावली भरिमा १ लाख १८ हजार बराबरको पटका र पटका ओसार पसारमा संग्लग्न दुई जनालाई नियन्त्रणमा लिएको बताइएको छ । यस अवधिमा नदीले बगाउदा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर