काउन्टर इन्चार्ज मोरङको सुनवर्षी नगरपालिका २ का २६ वर्षीय दुर्गाबहादुर बिष्ट र सुनसरी इटहरी ४ का २४ वर्षीय अश्विन भट्टराईसहित १० जनलाई पक्राउ परेका हुन् । उनीहरुको मिलेमतोमा विराट टिचिङ हस्पिटलको ५ करोड रुपैयाँ हिनामनी भएको भन्दै कारवाहीको दायरामा ल्याउन मागसहित कार्तिक ३ गते उजुरी दिएपछि घटना बाहिर आएको हो ।
प्रहरीले हस्पिटलका अन्य कर्मचारीहरू बुढीगंगा गाउँपालिका २८ वर्षीय सुनिल पासमान, २८ वर्षीय दिपेन्द्र तबदार, २१ वर्षीय करण विश्वकर्मा, २३ वर्षीय नरनारायण चौधरी, २६ वर्षीय सुशील पासवान, २७ वर्षीय प्रभुनारायण चौधरी र २३ वर्षीय बसन्तकुमार रामलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका हस्पिटलका कर्मचारीहरूलाई प्रहरीले ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए । हस्पिटलले पाँच करोड रुपैयाँ अपचनल भएको निवेदन दिएपनि मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट ५७ लाख ९६ हजार १ सय ८० रुपैयाँ कर्मचारीहरूले अपचलन भएको कागजपत्रहरु फेला परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए । ‘अहिलेसम्म ५७ लाख बढी अपचलन भएको युजर आइटिहरू फेला परेका छन् । थप घोटला गरेको पनि हुनसक्छन् । अहिले अनुसन्धान भइरहेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । घोटलामा संलग्लन भएका मध्ये मुख्य नाइके विष्ट र भट्टराई रहेको बुझिएको छ । बिष्ट ४ वर्षदेखि र भट्टराई २ वर्षदेखि हस्पिटलमा काम गर्दै आएका थिए ।
विरामी डिस्चार्ज भएपछि भुक्तानी गर्नुपर्ने रकम डिस्चार्ज काउन्टरको इन्चार्ज भएकोले विष्ट र भट्टराईले बुझदै आएका थिए । उनीहरूले लिएको रकम लेखा शाखामा बुझाउँदै आएका थिए । ‘पछिल्लो समय केही महिनादेखि विष्ट र भट्टराईले विरामीले दिएको रकम लेखा शाखामा नबुझाइ आफै राखि करिब ५ करोड हिनामिना गरेको देखिएको छ ।
हस्पिटलको पैसाँ व्यक्तिगत लिइ खर्च गरी अस्पताललाई ठगी गरेको हुँदा निज कसुरदाराहरुलाई पक्राउ गरी सो कार्यमा अन्य कर्मचारी र बाहिरको मानिसको पनि संलग्न भएको हुनसक्ने भएकोले अनुसन्धान गरी कारवाहीको दायारमा ल्याउन माग गर्दछौं,’ हस्पिटलले मोरङ प्रहरीमा दिएको जोहरीमा उल्लेखछ ।
विष्ट र भट्टराईले १० जना हस्पिटलको कर्मचारीको युजर आइडी बनाएर हस्पिटलको रकम अपचलन गरेको देखिएको छ । भट्टराईले ‘आश्विन’ र विष्टले ‘दुर्गा’ नामको युजर आइटी बनाएर घोटला गरेको प्रहरीले जनाएको छ । शुक्रबार पक्राउ परेका अन्य ८ जना कर्मचारीको नामबाट बनाएको युजर आइटीबाट हस्पिटलको रकम अपचलन भएको देखिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
अर्काको युजर आईडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीवापतको रकम अनाधिकृत रूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरेर र अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।
रकम हिनामिनाका सम्बन्धमा छलफल गर्न अस्पताल सञ्चालक समितिको बैठक गत कात्तिक ३ गते बसेको थियो । बैठकले लेखा परीक्षक मनोज अधिकारीलाई छानबिन गरेर प्रतिवेदन पेश गर्ने विज्ञका रूपमा नियुक्त गरेको थियो । कर्मचारीकै मिलेमतोमा अनियमितता गरिएको प्रतिवेदन तयार पारेर अधिकारीले कात्तिक १४ गते अस्पताललाई बुझाएका थिए ।
पक्राउ परेका मध्ये भट्टराईले १६ लाख रुपैयाँ हिनामिना गरेको प्रहरीसँग पनि स्वीकार गरेका छन् ।
10 jana pakrau pare bhancha nam 9 janako matra xa ta