कानेपोखरीको कुखुरा फर्ममा वर्डफ्लु संक्रमण

खबर पूर्वाञ्चल, १७ भाद्र २०७६, मंगलवार ०८:२५

पथरी / मोरङको कानेपोखरी गाउँपालिका वडा नं.–३ स्थीत दिपेन्द्र चोकको यशोधारा कृर्षी फर्ममा वर्डफ्लु संक्रमण भेटिएको ब्लाष्ट टाइम्स दैनिकमा दिनेश सुब्बाले लेखेका छन् ।

वर्डफ्लु संक्रमण भेटिएपछि सोमबार पशु पन्छी विशेषज्ञहरुको ११ जनाको टोलीले फर्ममा भएको २ सय २२ वटा पन्छी नष्ट गरेको छ ।

फर्मको १८ वटा वटाई, ८५ वटा लोकल कुखुरा, ५५ वटा हाँस र ६४ वटा टर्की लगाएत २ सय २२ वटा मारेर खाल्ट खनी पुरेर नष्ट गरेको हो । लोकल कुखुराको ७० वटा अण्डा पनि नष्ट गरेको थियो । फर्ममा चारोको लागी राखिएको १७ सय ८० केजी मकै, मुसुरोको दाल र खेसरीदाललगाएतको चारोको दाना पनि नष्ट गरिएको थियो । पन्छीलाई ज्छल्ज्ञप्रकारको भाइरसको संक्रमण देखिएको पशुपन्छी रोग अन्वेशन प्रयोगशाला विराटनगरका प्रमुख डा। सञ्जयकुमार यादवले बताए ।

फर्ममा भदौ ३ गते देखि लोकल कुखुरा मर्न थालेको थियो । सुरुको दिन ५ वटा मरे पछि भदौं ५ गते इटहरीको भ्याली एग्रोभेट, ७ गते दमकको सुवेदी एग्रोभेटमा पनि पत्ता नलागेपछि विराटनगर स्थित क्षेत्रीय पशुरोग अन्वेशन प्रयोगशालामा चेकजाँच गर्न लगिएको थियो । विराटनगरले ११ गते काठमाण्डौंको केन्द्रीय प्रयोगशालामा पठाए पछि १५ गते वर्डफ्लु संक्रमणको रिपोर्ट आएको पशुपन्छी विकास महाशाखाको प्रमुख डा. पशुपति ढुगानाले बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५