AArya
RUMPUM
animated ellipse animated ellipse

झापामा बलात्कारका घटनामा बृद्धि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० कार्तिक २०७६, आईतवार ०८:१७
3
Shares
बिर्तामोड / महिलामाथि हुने यौनजन्य हिंसा रोक्न विभिन्न संघ–संस्थासहित प्रहरीले समुदाय लक्षित कार्यक्रम सञ्चालन गरेपनि झापामा बलात्कारका घटना वर्षेनि बढ्दै गएको पाइएको समाचार आजको जनविद्रोह देनिकले छापेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको तीन वर्षे तथ्याङ्कलाई आधार मान्दा झापामा महिलामाथि हुने यौनजन्य हिंसा बढ्दो रहेको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १२९ महिलामाथि जवरजस्ती करणी तथा जवरजस्ती करणीको प्रयास भएकोमा प्रहरीका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा १ सय ७३ जना महिलामाथि यौनजन्य हिंसाका घटना भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ४४ ले बढी हो ।

हिंसामा पर्नेमा १६ वर्ष भन्दामुनिका बालिका सबैभन्दा बढी छन् । अघिल्लो आर्थिक वर्षमा ६१ बालिका र गत आर्थिक वर्षमा ८४ बालिकामाथि बलात्कार र बलात्कार प्रयासका घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा १६ देखि २५ वर्ष उमेर समूहका ५० जना, २६ देखि ३५ वर्ष उमेर समूहका १७ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ९ जना, ४६ देखि ६० वर्ष उमेर समूहका ६ जना र ६० वर्षभन्दा माथिका ७ जना वृद्धासमेत यौनजन्य हिंसाको शिकार भएका छन् ।

चालू आर्थिक वर्ष २०७६/०७७ को तीन महिनाको अवधिमा पनि झापामा २९ महिलामाथि करणीको प्रयास र करणी भएको छ । जसमा बालबालिका १२ जना, १६ वर्षदेखि २५ वर्षमा १३ महिला, २६ वर्षदेखि ३५ वर्ष उमेर समूहका ४ जना महिला यौनजन्य हिंसामा परेका छन् ।

तीन महिनाको अवधिमा भएका यौनजन्य घटनामा कमी ल्याउन झापा प्रहरी सफल भएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । यौन हिंसामा संलग्नहरुमा १६ देखि २५ वर्ष उमेर समूहका धेरै छन् । १६ वर्ष भन्दामुनिका ९ जना किशोर, १६ देखि २५ वर्ष उमेर समूहका ५१ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ४१ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका २१ जना, ४६ देखि ६० वर्ष उमेर समूहका १३ जना र ६० वर्षभन्दा माथिका ६ जना वृद्धसमेत यौनजन्य हिंसामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १६ वर्ष भन्दामुनिका एक किशोर पक्राउ परेका छन् भने १६ देखि २५ वर्ष उमेर समूहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै २६ वर्षदेखि ३५ वर्ष उमेर समूहका ७ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ८ जना ४६देखि ६० वर्ष उमेर समूहका २ जना र ६० वर्ष भन्दामाथिका २ जना वृद्धलाई तीन महिनाको अवधिमा प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/०७६मा एक सय ७४ बटा मुद्दा दर्ता हुँदा १ सय ६१ जना प्रतिवादी पक्राउ परेका थिए भने ५ जना प्रतिवादी फरार छन् । चालू आर्थिक वर्षको तीन महिनामा २८ वटा मुद्दा दर्ता भएको छ । जसमा २६ जना प्रतिवादी पक्राउ परेका छन् भने ७ जना अझैं फरार रहेको प्रहरीले जनाएको छ ।

झापाका १५ वटा स्थानीय तहमध्ये चालू आर्थिक वर्षको तीन महिनामा यौनजन्य हिंसा बिर्तामोड र दमक नगरपालिकामा धेरै घटना घटेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७को असोज महिनासम्ममा बिर्तामोड र दमकमा ५÷५ वटा जवरजस्ती करणीका घटना घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर