AArya
RUMPUM
animated ellipse animated ellipse

अबैध उत्खनन् गर्नेलाई उन्मुक्ति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ कार्तिक २०७६, बिहीबार ०७:३४
3
Shares
फाइल तस्वीर
विराटनगर / अवैध रूपमा खोलाको माटो (भरौट) उत्खननमा प्रयोग भएको सवारी साधानलाई कुनै कारवाही नगरी सुनसरीको दुहबी नगरपालिकाले छाडेको समाचार आजको जनविद्रोह दैनिकले मुख्य समाचार छापेको छ ।

दुहबी नगरपालिकाको प्रमुख बेदनारयण गच्छदारको निर्देशनमा अवैध उत्खननमा प्रयोग भएको स्काइभेटर र तीन वटा टिपरलाई कुनै कारवाही नगरि मंगलबार छाडिएको पाइएको हो ।

दुहबी–१२ बुगडरी वस्ती र विराटनगर–४ इकराई वस्तीको विचमा रहेको केशलिया खोलाको पुल जोखिममा पार्ने गरी अवैध उत्खनन् भइरहेको अवस्थामा स्काइभेटरसहित ७ वटा टिपर र ४ वटा ट्याक्टर मोरङ प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको सवारी साधानलाई आवश्यक कारवाहीको लागि स्काइभेटर नगरपालिका पठाइएको थियो । तर, दुहबी नगरपालिका प्रमुख गच्छदारले अवैध उत्खनन्मा प्रयोग भएको स्काइभेट र तीन वटा टिफरलाई कुनै कारवाही नगरी मंगलबार छोड्न आदेश दिएका हुन् ।

केशलिया खोलाको पुल जोखिम हुनेगरी १३ मिटरसम्म गहिरो खाडल बनाएर बा. १ क ४९६२ नम्बरको स्काइभेटरले खनिरहेको अवस्थामा मोरङ प्रहरीले फेला पारेको थियो । प्रहरीले माटो बोकेको ७ वटा टिपर र ४ वटा ट्याक्टर पनि तत्काल नियन्त्रणमा लिएको थियो । को १ ख ५७०९, ना १ क ६२७१, ना १ क ६२६७, ना १ क ६२७०, को १ क २३७२, ना १ क ६२६९, ना १ क ६२६८ र ना १ क ६२६६ नम्बरको टिपरमध्ये चार वटालाई जनही ५ हजार रुपैयाँले जम्मा २० हजार जरिवना गरेर र ३ वटालाई विना जरिवानामा छाडिएको छ ।

स्काइभेटर भने सडक निर्माण गर्न गएको भन्दै कारवाहीको दायरमा नल्याएको दुहबी नगरपालिका प्रमुख गच्छदारले बताए । प्रहरीले नियन्त्रणमा लिएर बुझाएको स्काइभेटर बाटो बनाउन गएको उनँको दावी छ । खोलामा पुगेर रङ्गेहात अवैध उत्खनन्मा प्रयोग गरिएको स्काइभेट र सवारी साधान नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाउँदा पनि कुनै कारवाही नभएपछि स्थानीयले सो प्रकरणमा नगरपालिकाको पनि मिलेमतो रहेको आशंका गरेका छन् ।

यता अवैध उत्खननमा प्रयोग भएका चार वटा ट्याक्टरलाई विराटनगर ४ नम्बर वडा कार्यालयले पनि न्यून जरिवाना तिराएर छोडिदिएको छ । प्रहरीले स १ त ५४५३, को २ त ५७०४ र को २ त ७१६८ नम्बरको ट्याक्टर इकराईबाट नियन्त्रणमा लिएकोमा २ हजार रुपैयाँको दरले जरिवाना गरि छोडिएको हो । यसअघि जिल्ला समन्वय समितिले भने अबैध उत्खनन् गर्ने ट्याक्टरलाई १५ हजार रुपैयाँको दरले जरिवाना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर