CLASSICTECH NET

कटहरीमा तरकारी बजार सञ्चालको तयारी

खबर पूर्वाञ्चल, १० मंसिर २०७६, मंगलवार ०८:४६

विराटनगर / करिब एक वर्ष अगाडि नै निर्माण सम्पन्न भएको मोरङको कटहरी गाउँपालिकामा रहेको सुबिधा सम्पन्न फलफूल तथा तरकारी बजार सञ्चालनको तयारी सुरु भएको समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।

बजार सञ्चालनको लागि कटहरी फलफूल तथा तरकारी थोक बजार विकास समितिले इच्छुक व्यवसायीलाई स्टल बिक्री सुरु गरेको छ ।

नेपाल सरकारले एक वर्षअघि निर्माण सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको तरकारी बजार सञ्चालनको जिम्मा प्रदेशको व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको छ । मन्त्रालयले कटहरी फलफूल तथा तरकारी थोक बजार विकास समिति बनाएर सञ्चालन गर्ने तयारी गरेको हो ।

मन्त्रालयले प्रदेश १ कृषि निर्देशनालयका प्रमुखको संयोजनमा विराटनगर महानगरपालिकाकाको गुद्रीबजार भएको वडाका वडाध्यक्ष र कटहरी गाउँपालिका–१ का वडाध्यक्षसहित रहेको बजार सञ्चालक समिति बनाएको छ ।

महानगरपालिकामा रहको गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यसहित स्थापना भएको बजारमा गुद्री बजारका व्यापारीलाई स्टलमा ७५ देखि ८० प्रतिशतसम्म छुट दिइएको छ । गुद्रीका थोक व्यापारलाई प्रतिस्टलमा ८० प्रतिशत र खुद्रा व्यापारीलाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको बजारका कार्यकारी निर्देशक पशुपति पोखरेलले बताउनुभयो ।

थोक व्यापारीलाई प्रतिस्क्वायर फिट ५५ र खुद्रा व्यापारीलाई ४५ प्रति स्क्वायर फिट क्षेत्रफल दिइनेछ । व्यापारीले वार्षिक भाडाको अढाइ प्रतिशत धरौटी राख्नुपर्नेछ ।

प्रदेश सरकारले नियमावली बनाएर व्यवस्थित तरिकाले बजार सञ्चालन गर्न लागेकोले केही समय लागेको पोखरेलले बताए । संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) अन्तर्गत करिब १७ करोडको लागतमा बजार निर्माण भएको हो ।

१७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलको बजामरमा होलसेल पसल राख्न १४ सय ८८ वर्गमिरटरको भवन निर्माण भएको छ । त्यहाँ ३ सय ५१ वर्गमिटरको खुद्रा बिक्री भवन पनि निर्माण गरिएको छ । बजारमा प्रतिवर्गमिटर ३० टन भण्डारण क्षमता रहेको छ ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५