CLASSICTECH NET

तलब भत्ता नरोक्न उच्च अदालतको अन्तरिम आदेश

खबर पूर्वाञ्चल, १० आश्विन २०७६, शुक्रबार ०७:३३

विराटनगर /अदालतले रोक लगाएको बाहेक दैनिक कार्य सञ्चालन नरोक्न उच्च अदालत विराटनगर विराटनगरले उर्लाबारी नगरपालिकाको नाममा परमादेश जारी गरेको समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।

उच्च अदालत विराटनगरले बुधबार उर्लाबारी नगरपालिकाको नाममा परमादेश जारी गर्दै कर्मचारीहरुले कानून अनुसार पाउने तलब भत्ता लगायतका सुविधा नरोक्न अन्तरिम आदेश दिएको हो ।

उर्लाबारी नगरपालिकाको असार २८ गते गणपुरक संख्या नपुगी बसेको कार्यपालिका बैठकले दिर्घकालिन महत्वका विभिन्न १७ विषयमा गरेको निर्णय खारेजीको माग गर्दै उपप्रमुखसमेतले अदालतमा रिट निवेदन दिएका थिए । सो निवेदनको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले तत्काल निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिएको थियो । अदालतको सो आदेश पछि नगरपालिकाका प्रमुख खड्ग फागोले सबै कर्मचारीहरुको तलव सुविधासमेत रोक्न निर्देशन दिए ।

नगर प्रमुखको आदेशपछि कानून बमोजिम पाउनु पर्ने तलब सुविधासमेत रोक्का भएपछि शिक्षक कुमार पोखरेललगायतका कर्मचारीहरुले तलब सुविधा नरोक्न अन्तरिम आदेशका माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए । सो निवेदनमाथिथ सुनुवाई गर्दै उच्च अदालत विराटगनरका कायम मुकायम मुख्य न्यायाधीश विनोद शर्माको इजलासले तलव सुविधा नरोक्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा यस अघिको उत्प्रेषण परमादेशको अध्ययन गर्दा नगरपालिकाको कार्यपालिका बैठकबाट भएको १७ वटा महत्वपूर्ण निर्णयमा तलब सुविधा रोक्नुपर्ने कुनै कारण नदेखिएको उल्लेख छ । अदालतको आदेशमा भनिएको छ ‘ति १७ विषयमध्ये निवेदक शिक्षकहरुको तलव रोक्नु पर्ने कुनै निर्णय नभएकोले नियमित भुक्तानी गर्नुपर्ने तलव रोक्नु पर्ने नदेखिएकोले अदालतबाट निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनि आदेश भएको बाहेक दैनिक कार्य सञ्चलन गर्न कुनै वाधा नपर्ने ।’

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले आफुसँग गणपुरक संख्या अभाव हुँदाहुँदै जबरजस्ती कार्यपालिकाको बैठकबाट आफ्नो पक्षमा निर्णय गराउनुभएको थियो । असार २८ गते बोलाएको कार्यपालिका बैठमा गणपुरक संख्या नभएपछि बैठक रोकेर सोही दिन अपरान्ह ७ बजे दोश्रो बैठक राखिएको थियो । सो बैठकमा कार्यपालिकाका ६ जना सदस्य मात्र उपस्थित थिए । सो बैठकले गरेको निर्णय असार २९ गतेको नगरसभाबाट पारित गराइएको थियो । उपप्रमुख लक्ष्मी भण्डारी लगायत कार्यपालिकाका बहुमत सदस्यहरुले कार्यपालिकाको निर्णय खारेज हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सो मुद्धा अदालतमा बिचाराधीन छ ।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले अदालतको आदेश नगरपालिकाले कार्यान्वयन गर्ने बताउनुभएको छ । ‘अदालतको आदेश आएपछि आदेश अनुसार तलब सुविधा निकासा हुन्छ,’ प्रमुख फागोले भने ‘चाडबाड पनि लागिसकेको छ अब सबैको तलव भत्ता वितरण हुन्छ ।’

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५