AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जागिरको प्रलोभन देखाएर युवतीमाथि यौनशोषण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७६, मंगलवार ०७:४०
3
Shares
सप्तरी / जागिर लगाई दिने भन्दै युवतीहरूमाथि यौनशोषण गरि उनीहरुबाट लाखौं रकम लुटपाट र ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–२ सीतापुर बस्ने २९ वर्षीय सन्तोकुमार यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

एक वर्षअघि मोरङ जिल्ला अदालतबाट एक युवतीको बलात्कार तथा लुटपाट घटनामा दोषी ठहर भई सजायसमेत तोकिएपनि फरार रहेका यादवलाई गोप्य सूचनाका आधारमा आइतबार राति मोरङको बुढीगंगा नगरपालिका–३ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो ।

इमोमार्फत युवतीको फोन नम्बर पत्ता लगाई उक्त नम्बरमा फोन गरी म रोजगारी डटकमको म्यानेजर हुँ विभिन्न बैंक र संस्थामा जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाई घरमै बोलाइ लुटपाट र जबर्जस्ती करणीलगायतका अपराधिक काम गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । यो समाचर आजको राजधानी दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर