AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपालमा फैलँदै चिनियाँको अपराध जालो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७६, मंगलवार ०८:१६
3
Shares
बिहेका नाममा नेपाली युवतीलाई चीन तस्करीको आरोपमा चार चिनियाँलाई पक्राउ गरेको दुई दिनपछि एटिएम ह्याकिङमा संलग्न ६ चिनियाँ पक्राउ परे । २० साउनमा चार किलो सुनसहित पक्राउ परेका चिनियाँ हिरासतमै छानबिनमा छन् ।

पछिल्लो एक महिनामा फरक–फरक किसिमको अपराधमा ११ जना चिनियाँ पक्राउ परिसकेका छन् । पछिल्ला यी तीन घटनाले नेपालमा चिनियाँ नागरिकले अपराधको जालो फैलाउँदै गएको देखिन्छ ।

नेपालमा चिनियाँको आगमन बढेसँगै विभिन्न किसिमका अपराधमा पनि उनीहरूको संलग्नता बढेको छ । यो प्रहरीका लागि समेत टाउकोदुखाइ भएको छ । विभिन्न प्रकृतिका अपराधमा चिनियाँको संलग्नता बढ्न थालेपछि नियन्त्रणका लागि त्यहीअनुसार सुरक्षा रणनीति लिइएको प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले बताए ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा विभिन्न घटनामा एक सयभन्दा धेरै चिनियाँ नेपालमा पक्राउ परिसकेका छन् । धेरैजसो डलर तस्करीमा पक्राउ परेका छन् । त्यस्तै सुन, वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

०६० को आसपासदेखि नै नेपालमा चिनियाँको अपराधमा संलग्नता देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । त्यतिवेला रक्तचन्दन र वन्यजन्तुका अंगको ओसारपसारमा चिनियाँहरू संलग्न देखिएको पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले बताए । त्यसवेला नेपालका प्रहरीदेखि नेतासम्म मिलाएर चिनियाँसमेतको मिलेमतोमा रक्तचन्दनलगायत जडीबुटीको तस्करी हुने गरेको थियो । ०६५ पछि त्यो क्रममा कमी आएको थियो । त्यसपछि डलर र सुनको अवैध कारोबारमा उनीहरूको संलग्नता बढेको छ । अहिले ह्याकिङदेखि विभिन्न ठगीका घटनामा समेत चिनियाँहरू नेपालमा संलग्न हुन थालेका छन् ।

नेपाली युवतीहरूलाई बिहेको आवरणमा चीनमा लगेर यौनदासी बनाउने गिरोहका चार चिनियाँसहित १० जनालाई पक्राउ गरेर मानव बेचबिखन नियन्त्रण ब्युरोले हाल अनुसन्धान गरिरहेको छ । संगठित रूपमा नै उनीहरूले यस्तो काम गर्दै आएको ब्युरोका एसपी गोविन्द थपलिया बताउँछन् ।

बिजनेस भिसामा नेपाल बस्ने विदेशीहरू चिनियाँहरू पहिलो नम्बरमा छ । व्यापारको आवरणमा धेरैजसो डलरको अवैध कारोबारमा संलग्न रहेको स्रोत बताउँछ । ठमेल क्षेत्रलाई आधार बनाएर चिनियाँहरूले संगठित रूपमा नै आर्थिक अपराधको धन्दा चलाइरहेका समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर