नक्कली ऋणी बनाएर नाडप लघुबित्तमा दुई करोड अलपचन

खबर पूर्वाञ्चल, २६ मंसिर २०७६, बिहीबार ०८:१२

विराटनगर /विराटनगरस्थित नाडेप लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालयका प्रमुखसहित सात जना कर्मचारीले १ करोड ९३ लाख २६ हजार १ सय १९ रुपैयाँ अपचलन गरेको खुलेको समाचार आजको जनविद्रोह दैनिकले मुख्य समचार बनाए छापेको छ ।

फर्जी सदस्य खडा गरि उनीहरूले लघुविक्तको करडौं रुपैयाँ अपचलन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

नाडेप लघुविक्तको केन्द्रीय कार्यालय धादिङको गजुरीमा हो । विभिन्न जिल्लाहरूमा शाखा कार्यलय वस्तार गरि सेवा प्रभाव गर्दै आएको थियो । अदालतमा दायर गरेको अभियोग पत्र अनुसार नाडेपको शाखा कार्यालय विराटनगर अन्तर्गत केन्द्र नम्बर २१ र २४ बाट नक्कली ऋणी देखाउँदै उनीहरू सो रकम अपचलन गरेको उल्लेख छ ।

ऋणीले पत्तै नपाई फर्जी कागजात मिलाएर तत्कालिन विराटनगर शाखा प्रमुख बाराका ५२ वर्षिय विजयचन्द्र प्रसाद, वर्तमान प्रमुख रङ्गेली नगरपालिका १ का ३९ वर्षिय इन्द्रमणी बस्नेत, लेखा सहायक अधिकृत विराटनगरका ३ का ४७ वर्षिय नारायण खराल, सोही ठाउकी ३२ वर्षिय लुना पराजुली, फिल्ड सहायक विराटनगर १ – का ३५ वर्षिय दिपक भट्टराई, लघुवित्त विराटनगर शाखाका २१ नम्बर केन्द्र प्रमुख विराटनगर १४ की ४५ वर्षिय मन्जुलादेवी यादव र २४ नम्बर केन्द्र प्रमुख सोही ठाउँकी ४९ वर्षिय बेबीकुमारी यादवले नाडेप लघुवित्तको रकम अपचलन गरेको अभियोग पत्रमा उल्लेख छ ।

लुघविक्तको ठूलो रकम अपचलन गर्ने लेखा साहयक अधिकृत विराटनगर ३ का नारायण खराल र लेखा साहायक अधिकृत सोही ठाँउकी लुना पराजुलीलाई मोरङ प्रहरीले कार्तिक २१ गते पक्राउ गरेको थियो । नाडेपको केन्द्रीय कार्यालयमा गरेको उजुरीका आधारमा छानविनपछिको निष्कर्षसहित नाडेपका प्रमुख कार्याकारी अधिकृत उपेन्द्रबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए । जाहेरीको आधारमा लघुविक्तको साहयक लेखा अधिकृतहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेको साहयक लेखा अधिकृत पराजुली र खराललाई पक्राउ गरि उच्च अदालत विराटनगरमा ‘बैकिङ्ग कुसर’ मुद्दामा म्यात थप गरि अनुसन्धान गरेको थियो । प्रहरीले अनुसन्धान प्रक्रिया पुरा गरेपछि शाखा प्रमुखसहित ५ जनालाई फरार र पक्राउ परि हिरासतमा रहेका दुई जना गरि ७ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा बैकिङ कसुर अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

उच्च अदालतको बाणिज्य इशालमा भएको थुनछेकपछि मंगलबार उच्च अदालत विराटनगरका न्यायधिशद्धोय लेखनाथ घिमिरे र महेश शर्माको संयुक्त इजालसले पराजुली र खराललाई जनही १५/१५ हजार धरौटिमा छोडन आदेश दिएका हुन् । अदालतले तोकेको धरौटि रकम बुझाएर मंगलबार पराजुली र खराल रिहा भएको उच्च सरकारी कार्यालयका रजिस्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिए ।
बैकिङ्ग कसुर मुद्दाका फरार भएका विराटनगर शाखाका प्रमुख चन्द्र प्रसादसहित अन्य ५ जना कर्मचारी फरार छन् । फरार भएका पाँच जनाको हकमा पनि अदालतले उपस्थिती हुन म्यात जारी गरेको छ ।

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत उच्च अदालत विराटनगरमा दायर गरेको अभियोग पत्र अनुसार लुघवित्तका ७ जना कर्मचारीले १ सय ६ जना नक्कली सदस्य खडा गरेर ऋणी बनाउँदै ठूलो रकम अपचलन गरेको देखिएको छ ।

विराटनगर–१४ (तत्कालिन–१८) जतुवाका सर्वसाधारणलाई ऋण प्रवाह गरेको देखाएर कर्मचारीले नै रकम लिने गरेको रहस्य प्रहरीको अनुसन्धानबाट खुलेको हो । उनीहरूले नाडेप लघुवित्तय संस्थाको केन्द्र नं. २१ बाट ८७ लाख २५ हजार २ सय २३ रुपैयाँ र केन्द्र नं. २४ बाट १ करोड ५ लाख ९७ हजार ८ सय ९६ रुपैयाँ अपचलन गरेको अभियो पत्रमा उल्लेखछ ।

ऋण नलिदैं ऋणी बन्नु परेको गुनासो सर्वसाधारणले गरेपछि नाडेपको केन्द्रीय कार्यालयले तीन सदस्यीय छानविन समिति गत बैशाख १९ गते गठन गरेर फिल्डमा पठाएको थियो । शाखा कार्यालय र दुईवटा केन्द्रका अधिकारीमाथि छानविन गर्दा सर्वसाधारणको नाममा रकम झिकेर अपचलन गरेको देखिएको थियो ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५