पूर्वाञ्चल खबर
उनले यसका लागि नेताहरू गम्भीर रूपमा छलफल गर्नुपर्ने र साझा निष्कर्षका साथ अभियानमार्फत एकता बचाउन जरूरी रहेको उल्लेख गर्दै आज धारणा सार्वजनिक गरेका छन् ।
एकताको लागि पहलकदमी लिएका माधव नेपाल समूहका नेता भट्टराईले एमाले एकताको मुल जड पार्टीकै शिर्ष दुई नेता रहेको बताएका छन् ।

उनले स्टाटसमा लेखेका छन् ,‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के कालागि गर्दैछ यो सब ?’ उनले एमाले एकता समस्याको मुल जड यहिँ रहेको बताएका छन् ।