CLASSICTECH NET

तीन जना वडा अध्यक्ष सहित १० जना विरूद्ध अदालतमा मुद्दा दर्ता

खबर पूर्वाञ्चल, १० आश्विन २०७६, शुक्रबार ०७:४५

विराटनगर /विराटनगर–१४ का सेमानन्द यादवको हत्या प्रकरणमा मुछिएका तीन जना वडा अध्यक्ष सहित १० जना विरूद्ध अदालतमा मुद्दा दर्ता भएको समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।

मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत बुधबार जिल्ला अदालत मोरङमा कर्तब्य ज्यान मुद्दामा वडा अध्यक्षसहित १० जना विरूद्ध मुद्दा दर्ता भएको हो ।

सेमानन्दको कुटपिट पछि हत्या आरोपमा विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष ६५ वर्षिय बलदेव यादव, १८ का वडा अध्यक्ष ३५ वर्षिय संजय साह भन्ने संजय कुमार साह र मोरङको जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदिप भनिने प्रदिपचन्द यादवलाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भएको हो । त्यस्तै वडा अध्यक्ष बलदेवका ३० वर्षिय छोरा रविन यादव, विराटनगरका ५५ वर्षिय विन्देश्वर यादव, सोही ठाउँका ३२ वर्षिय विजय भन्ने शम्भू यादव, भोला भनिने भोलु यादव, विरेशकुमार यादव र मोरङ जहदा गाउँपालिका १ का ४२ वर्षिय दिनेश प्रसाद यादवलाई पनि फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

सो हत्या प्रकरणका आरोपी विराटनगर १४ का २७ वर्षिय दिपेश यादव भने भदौ १८ गते जिल्ला प्रहरी कार्यालय मोरङमा कानुन व्यवसायीको साथ उपस्थीति भएका थिए । प्रहरीले यादवलाई हिरासतमा राखेर २१ दिनसम्म लगाएर अनुसन्धान पुरा गरेपछि सरकारी वकिलको कार्यालयमा बुधबार मिसिल बुझाएको थियो । सरकारी वकिलको कार्यालयले अभियुक्त दिपेशसहित अन्य ९ जनालाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दर्ता भएपछि यादवको बिहीबारनै अदालतको ७ नम्बर इजालशमा न्यायधीश राजकुमार कोइरालाले बयान लिएका छन् । उनका बयान मुद्दा दर्ता भएको दिन सकिएकाले शुक्रबार थुनछेक बहस सुरू हुने अदालतका सूचना अधिकारी पौडेलले जानकारी दिए । वडा अध्यक्ष सहित फारर भएका ९ जनाको हकमा शुक्रबार अदालतबाट पक्राउ पूर्जी जारी हुने न्याधीशले आदेश दिने अदालत स्रोतको दाबी छ ।

न्यायीक हिरासतमा रहेका दिपेशको हकमा थुनछेक बहसबाट धरौटि, साधरण तारेख वा पुर्पक्षमा जाने आदेश आउनेछ । प्रतिवादी दिपेशको तर्फबाट ९ जना कानुन व्यवसायीले बहस गर्न बिहीबार अदालतमा वाकालत नामा दर्ता गराएका छन् । वादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्याधिवक्ता मनोजकुमार आचार्यले बहस गर्नेछन् ।

गत जेठ ३२ गते विवाहको पञ्चेतीमा वडा अध्यक्षहरू सहित १० जनाबाट कुटिएका सेमानन्द यादवको असार २६ गते राती विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा निधन भएको थियो । विवाहको विषयमा भएको कुटपिटमा घाइते बनाएका सेमानन्दकोे मृत्यु भएपछि वडा अध्यक्षहरू फरार छन् । प्रहरीले उनीहरूलाई खोजी गर्दै आएको मोरङ प्रहरीले जनाएको छ । उनीहरू भारततर्फ फरार भएकोले पक्राउ गर्न नसकिएको प्रहरीले बताउँदै आएको छ । प्रहरीले हत्या आरोपी वडाअध्यक्षसहित अन्य आरोपीहरू खोजी गर्न जिल्ला प्रहरी कार्यालय मोरङका सादा पोशकका दुई जना सहिको नेतृत्वमा भारतको विरनपुरसम्म पुग्दा पनि अहिले सम्म पक्राउ पर्न सकेका छैनन ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५