AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार बन्न वर्षमा दुई पटक परीक्षा !

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७६, मंगलवार ०७:५७
3
Shares

काठमाडौं /नेकपा सांसदले नेपाल मिडिया काउन्सिल विधेयकमा संशोधन हालेका छन् । उनीहरुले पत्रकार बन्न परीक्षा लिनुपर्ने प्रस्ताव गरेका छन् । पत्रकारितामा विकृति देखिन थालेकाले लाइसेन्ससम्मको व्यवस्था गर्नुपर्ने उनीहरुको धारणा छ ।

नेकपामा १४ जनाले संयुक्त रुपमा संघीय संसद् सचिवालयमा संशोधन दर्ता गराएका छन् । मिडियाकाउन्सिलले वर्षमा दुईपटक परीक्षा लिनुपर्ने प्रस्तावमा उल्लेख छ ।

विधेयकको दफा १५ पछि ‘पत्रकारिता व्यवसायी परीक्षा’ परिच्छेद थप गर्नुपर्ने उनीहरुको माग छ । ‘वर्षको दुईपटक काउन्सिलले पत्रकारिता व्यवसायीको परीक्षा सञ्चालन गर्नेछ’ प्रस्तावमा छ । यो समाचार आजाको अन्नपूर्ण पोस्ट्ले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर