भाषा, साहित्य र संस्कृतिको विकासमा महानगर लागिपरेको छ ः मेयर कोइराला

१० बैशाख २०८०, आईतवार १८:२० विराटनगर / विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले भाषा, साहित्य र संस्कृतिको विकासमा लागिपरेको बताएका छन् । विराटनगरस्थित डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य र संस्कृतिको विकासलाई महानगरले जोड दिएको उनको भनाइ थियो । उनले केही समय अगाडि महानगरले नेपाल–भारत साहित्य महोत्सव गरेको समेत […]

बबरसिंह–देवकुमारी थापा सेवा गुठीद्वारा मदन पुरस्कार विजेता प्राडा श्रेष्ठ र राई सम्मानित

९ बैशाख २०८०, शनिबार १८:२७ विराटनगर / बबरसिंह– देवकुमारी थापा सेवा गुठी विराटनगरले आज विराटनगर दुई जना स्रष्टाहरुलाई सम्मान गरेको छ । विसं २०५३ को मदन पुरस्कार प्राप्त गर्नु हुने समालोचक प्राडा दयाराम श्रेष्ठ र सङ्गीतकरा कुशेश्वर राई सम्मानित भएका हुन् । देवकुमारी थापा स्मृति विसं –२०७९ बाट प्राडा श्रेष्ठलाई ५१ हजार एवं बबरसिंह थापा स्मृति सम्मान २०७९ बाट राईलाई […]

साहित्यकार बरालको चौथो कृति ‘प्रतीकवाद’ विमोचन

२५ चैत्र २०७९, शनिबार १९:३० विराटनगर / साहित्यकार हरिप्रसाद बरालद्वारा लिखित ‘प्रतीकवाद’ कृतिको आज विमोचन गरिएको छ । विराट साहित्य संगम विराटनगरले आयोजना गरेको कार्यक्रममा साहित्यकार बरालको चौथो कृतिका रुपमा प्रकाशित ‘प्रतीकवाद’को विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेएका वरिष्ठ समालोचक प्रा.डा. गोपालप्रसाद भण्डारी, वरिष्ठ साहित्यकार दधिराज सुवेदी चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेल, […]

प्रा.पाण्डे र कवि रेग्मी पुरस्कृत

१९ चैत्र २०७९, आईतवार १७:४० विराटनगर/ शिक्षासेवी सामाजिक अभियन्ता प्रतापनिधि शर्माको स्मृतिमा स्थापना गरिएको प्रतापनिधि शर्मा स्मृति कोषले प्रा. विश्वराज पाण्डे र स्वीकृती रेग्मीलाई पुरस्कृत गरेको छ । पाण्डेलाई २५ हजार राशिको शिक्षा पुरस्कार २०७९ र साहित्यकार रेग्मीलाई ११ हजार राशिको साहित्य पुरस्कार २०७९ बाट पुरस्कृत भएका हुन्। उनीहरुलाई प्रमुख आतिथि कोशी प्रदेशका पूर्वमन्त्री तथा सभासद केदार कार्की पुरस्कृत तथा […]

दसबुँदे विराटनगर घोषणापत्र जारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

५ चैत्र २०७९, आईतवार १९:०२ विराटनगर / १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिक रुपमा सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक–अर्को देशमा प्रवद्र्धन गर्नेसहित १० […]

रोहिणी रसिकको ‘छन्द आराधना’को विमोचन

४ चैत्र २०७९, शनिबार १८:४८ विराटनगर / कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कवितासंग्रहको एक समारोहका बीच विमोचन गरिएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘छन्द आराधना’ कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार हरिप्रसाद रिमाल, डा. भागवत आचार्य, अग्रज साहित्यकार दधिराज सुवेदी, विवश पोखरेल, गंगा सुवेदी, बलराम पोखरेल, विराटनगर ३ का […]

विराटनगरमा तीनदिने नेपाल–भारत साहित्य महोत्सव सुरु

३ चैत्र २०७९, शुक्रबार १८:४५ विराटनगर / विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा आजदेखि विराटनगरमा तीनदिने साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको पूर्वप्रदेश प्रमुखसमेत रहनु भएका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गरे । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र कृतिहरु विमोचन गरिनेछ । कार्यक्रमलाई […]

विराटनगरमा तीनदिने नेपाल–भारत साहित्य महोत्सव हुँदै

१ चैत्र २०७९, बुधबार १८:४७ विराटनगर / यही चैत ३ गतेदेखि प्रदेश राजधानी विराटनगरमा नेपाल–भारत साहित्य महोत्सव हुने भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा तीनदिने साहित्य महोत्सव हुने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गरेर आयोजकले महोत्सवबारे जानकारी दिएको छ । विराटनगर ठाकुरवाडी रोडस्थित रामजानकी सेवा सदनमा हुने महोत्सवमा भारतबाट १ सय र […]

विराटनगरको हिमालय टाकिजले कर बुझाउन आलटाल, दिल्ली पब्लिक स्कुलले पनि तिरेन ३५ लाख कर

२१ फाल्गुन २०७९, आईतवार १९:०१ विराटनगर / विराटनगरस्थित हिमालय टाकिज प्रालिले ४२ लाख रुपैयाँ भन्दा बढी विराटनगर महानगरपालिकालाई कर तिर्नुपर्ने कर बुझाउन आलटाल गर्दै आएको छ । महानगरपालिकाले दिएको समयसीमाभित्र कर बुझाउन हिमालय टाकिजले आलटाल गर्दै आएको महानगरले जनाएको छ ।महानगरपालिकाले सुरुमा दिएको समयसीमा भित्रमा हलले कर वापतको बक्यौता नबुझाएपछि थप समय दिएको छ । यसअघि दिएको समयभित्र हिमालय टाकिजले […]

किड्स भिलेज स्कुलको दसौं वाषिकोत्सव

१४ फाल्गुन २०७९, आईतवार १८:२३ विराटनगर / किड्स भिलेज स्कुल विराटनगरले दसौं वाषिकोत्सवका साथै फन फिस्ता कार्यक्रमको आयोजना गरेको छ। फन फिस्ता कार्यक्रममा १२ वटा स्टलहरु राखिएको थियो। परम्परागत एवं आधुनिक जिवन शैली, आर्य संस्कृति, फलफूल तथा सागसब्जीबाट बनाइएको विभिन्न सामाग्रि, कागज र प्लास्टिकका पुराना सामग्री, तारामंडल, नवीकरणीय स्रोत, होलोग्रामलगायत विभिन्न खेलकुदहरूका स्टलहरुमा अभिभावकहरूको बाक्लो उपस्थिति र सहभागिता रहेको थियो। […]