खबर पूर्वाञ्चल
समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहु निमार्ण गरिएको छ । एउटी बुहारी पनि कसैकी छोरी हो। त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ ।
अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टी सुब्बा , सम्राट अधिकारी , रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेल को अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।