animated ellipse animated ellipse

कोशी प्रदेशमा पहिलोपटक चलचित्र महोत्सव हुदै, महोत्सव भरी निशुल्क फिल्म हेर्न पाईने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ जेष्ठ २०८१, बिहीबार १९:४४
99
Shares
विराटनगर / कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदस्यले कोशी प्रदेशमा ६ दिने चलचित्र महोत्सव हुने भएको छ । साथै चलचित्र क्षेत्रमा लगानी बृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिदै आगामी जेठ ६ गतेदेखि ११ गते सम्म महोत्सव हुने भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी झापा, मोरङ र सुनसरी जिल्लामा चलचित्र सम्बन्धी विविध कार्यक्रम गरी ६ दिने चलचित्र महोत्सव गर्न लागेको जानकारी दिएको छ ।

महोत्सवको उद्घाटन जेठ ६ गते झापाको विर्तामोडमा हुने भएको छ । उद्घाटनका दिन सांस्कृतिक कार्यक्रम र चलचित्र प्रर्दशन गरिने मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक तथा कानुन मन्त्रालयका प्रवक्ता कमल थापाले जानकारी दिए ।

झापामा उद्घाटनपछि जेठ ७ गते विराटनगरमा निशुल्क चलचित्र प्रदर्शन, कोशी प्रदेशमा चलचित्र निर्माणबारे अन्तरक्रिया, आरोहण गुरुकुल विराटनगरमा जातिय खानाका स्टल , जेठ ७ देखि ९ गते सम्म विर्तामोडमा चलचित्र प्रदर्शन, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम हुने तय भएको प्रवक्ता थापाले बताए । उनका अनुसार इटहरी, विराटचोक, झुम्कामा निशुल्क चलचित्र प्रर्दशन गरिने छ ।

महोत्सवको समापन विराटनगरमा हुने बताईएको छ । महोत्सवमा लघु, कथानक चलचित्र, बृत्त गरि विभिन्न जातिय ४४ वटा चलचित्र प्रर्दशन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । चलचित्र महोत्सवका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । ६ दिने चलचित्र महोत्सवलाई चलचित्रकर्मी महासंघ कोशी प्रदेश र चलचित्र पत्रकार संघले समन्वय गर्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर