खबर पूर्वाञ्चल
मोरङ व्यापार संघको आयोजनामा विराटनगर – २ शंकरपुरमा जारी एक्स्पोमा अहिले दैनिक जसो चर्चित कलाकाहरुको प्रस्तुतीले सहभागिहरुलाई भरपुर मनोञ्जन प्रदान गर्दै आएको हो ।
एक्स्पोको तेस्रो दिन आइतबार साँझमा चर्चित गायिका एलिना चौहान र गायक महेश काफ्लेले आफ्ना चर्चित गीत प्रस्तुत गरी संगीतप्रेमी स्रोताहरुलाई भरपुर मनोञ्जन प्रदान गरे । गायक काफ्लेले आफ्नो चर्चित गीतबाट सांगीतिक प्रस्तुती आरम्भ गरको उनले आधा दर्जन बढी गीत प्रस्तुत गरे । उनले ‘माया विरानी…सहित आधा दर्जन गीत गाउँदा उपस्थित सयौंको संख्यामा उपस्थित भएका दर्शक झुमेका थिए ।
गायक महेशपछि स्टेज चढेकी एलिनालाई उपस्थित दर्शकले ‘धोकेवाज हौ तिमी धोकेवाज’ भन्दै चिच्याएर स्वागत गरे । त्यसपछि उनले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी सहभागिहरुलाई छमछमी नचाइन् । उनले आफ्नो गीत प्रस्तुत गरिरहदा एक्स्पोमा सहभागि भएका तन्नेरी युवा युवतीहरु गोलो घेरा बनाएर हातमा हात मिलाएर छमछमी नाचेका थिए । उनले ‘कुन दशाले तिमीसँग भेट भएछ… बोलको गीतबाट आफ्नो प्रस्तुती आरम्भ गरेकी थिइन् । त्यसपछि लगातार हिट गीतहरु प्रस्तुत गरि ‘जुनीभरीलाई रुवाइ गयौ तिमी, अझै पनि यो मनमा छौ तिमी… गीत गाएर बिट मारेकी थिइन् ।
आज साँझमा गायिका आस्था राउत र रचना रिमालको प्रस्तुतीले एक्स्पोलाई थप रोमाञ्चक बनाएको थियो । राउत र रचनाले आफ्ना चर्चित आधा दर्शन गित गाएर एक्स्पो उपस्थित दर्शकलाई उफारे । एक्स्पोमा हरेक साँझदेखि झण्डै मध्यरातसम्म कलाकारहरूले एक्लो प्रस्तुती दिने गरेका छन् । पुसको जाडोसँगै दिउँसो दर्शकको न्यून उपस्थिति हुने भएपछि आयोजकले रातीमात्र स्टेजमा कलाकार उतार्ने गरेको छ ।
राष्ट्रियस्तरमा चर्चित कलाकारहरूको प्रस्तुती हेर्न दर्शकहरूुसँग एक सय रुपैंयाको टिकट काटेरै एक्स्पोमा प्रवेश गर्ने गरेका छन् । त्यस्तै मंगलबार गायक सपना सुमनलगायत चर्चित कलाकारले प्रस्तुती रहने मोरङ ब्यापार सँघका अध्यक्ष नविन रिजालले बताए ।