पूर्वाञ्चल खबर
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरि विराटनगरस्थित हेरीसन प्यालेसमा एक दिने एकजुकेशन फेयर गर्ने जानकारी गराएको छ ।
एकजुकेशन फेयरमा अष्टेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको सहभागि रहने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज विराटनगरका निर्देशक अनुभव दाहालले बताए । एक दिने शैक्षिक मेलामा विभिन्न देशका १५ वटा विश्वविद्यालय तथा कलेजहरूको प्रत्यक्ष रूपमा सहभागि हुने उनले जानकारी दिए ।
‘विद्यार्थीहरूको लागि यो शैक्षिक मेला बहुउपयोगी हुनेछ,’ कार्यकारी दिर्नेशक कमल तिम्सिनाले भने, ‘एउटै छानामुनि हुने शैक्षिक मेलामा विद्यार्थीहरूले विभिन्न देशको विश्वविद्यालयका प्रतिनिधीहरूसँग प्रत्यक्ष रूपमा त्यहाँको विश्विद्यालयको बारेमा जानकारी पाउनेछन् । त्यसैले यो शैक्षिक मेला परामर्शको लागि बहुउपयोगी हुने हामीले विश्वास लिएका छौं उनले भने ।’
नेपालका प्रमुख शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौडामा यस्ता शैक्षिक मेला गरेपछि विराटनगरमा गर्न लागेको निर्देशक दाहालले बताए । ‘विगतका बर्षहरुमा पनि एक्सपर्टले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भनेर विभिन्न शैक्षिक मेला र गोष्ठीहरू गर्दै आएको थियो । यस्ता मेला र गोष्ठीबाट हजारौं विद्यार्थीहरू लाभान्वित भएर विदेशमा आफ्नो अध्ययनको अभिलाष पुरा गर्न सफल पनि भएका छन्, ‘उनले भने, ‘विगत दुई बर्षमा कोभिड १९ का कारणले हुन सकेको थिएन । अहिले सहज परिस्थिती भएपछि मेला आयोजना गरिएको हो ।’
विराटनगरमा भएपछि चैत १६ र १८ गते विर्तामोड र काठमाण्डौमा पनि शैक्षिक मेला हुनेछ ।
शैक्षिक मेलामा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका ब्राण्ड एम्वेसेडर पारस खड्कासंग सम्वाद गर्न सक्ने व्यवस्था मिलाएको आयोजकले जनाएको छ ।
नेपालका प्रमुख १६ शहरहरूमा विश्वका १३ देशका ४५ भन्दा बढी शहरहरुमा एक्सपर्ट एजुकेशसन शाखाहरु संचालनमा रहेको छ । एक्सपर्ट एजुकेशले विदेशमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशकदेखि आधिकारीक र विश्वसनिय परामर्श प्रदान गर्दै आएको बताएको छ ।