एमालेले जनसंगठनहरुलाई चलायमान बनाउँदै

२ माघ २०७९, सोमबार १७:१० विराटनगर / नेकपा एमाले मोरङले जनसंगठनहरुलाई चलायमान बनाउने भएको छ । एमाले मोरङको जनसंगठन समन्वय संयन्त्रको आज मोरङको ग्रामथान स्थित नेताचोकमा बसेको बैठकले बाँकी रहेका अधिवेशनहरुलाई फागुन मसान्तसम्म सम्पन्न गरिसक्न निर्देशन गरेको छ । यस्तै यहि माघ २१ गते जनसंगठन सुध्रिढिकरण एक दिवसीय कार्यशाला गर्ने निर्णय बैठकले गरेको छ । एमालेका केन्द्रीय सदस्य तथा मोरङ […]

प्रदेश १ कादलितमहिला सांसद भन्छर्न हामीलाई पनि अवसर चाहिन्छ ’

३० पुष २०७९, शनिबार १८:२६ आषिका लम्साल विराटनगर / पहिलो कार्यकालमा प्रदेश १ मा तीन फरक फरक पार्टीबाट तीन जना महिला दलित सांसदरु निर्वाचित भएका थिए । उनीहरु मध्ये एमालेकी जसमाया गजमेरले मात्र करिब दुई बर्ष समाजिक राज्यमन्त्री बन्ने अवसर पाइन । सातवटै प्रदेशमा पहिलो मन्त्री बन्ने अवसर उनले मात्र प्राप्त गरिन त्यो पनि दुई बर्ष पछि । क्षमता भए […]

प्रदेश १ को उपसभामुखमा एमालेकी दनुवार निर्वाचित

३० पुष २०७९, शनिबार १७:२० विराटनगर / नेकपा एमालेकी ४६ वर्षीया सिर्जना दनुवार प्रदेश १ को उपसभामुखमा निर्वाचित भएकी छिन् । आज दिउँसो बसेको प्रदेश १ को प्रदेश सभाको बैठकमा सभामुख बाबुराम गौतमले दनुवारलाई उपसभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । सभामुख गौतमले प्रदेश सभामा तत्काल रहेका ९३ जना प्रदेशसभा सदस्यहरू मध्ये सभामुखबाहेक ९० जनाले मतदानको प्रक्रियामा सहभागी भएको र […]

एमाले परित्याग गरेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश

२९ पुष २०७९, शुक्रबार १८:०५ विराटनगर / नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । भुसाल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी एमालेका सचिव समेत रहेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा […]

प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

२९ पुष २०७९, शुक्रबार १७:५८ विराटनगर / प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो । सत्ता गठबन्धनमा ६० मत रहे पनि सत्ता गठबन्धन बाटै माओवादीका बाबुराम गौतम हिजो मात्रै सभामुखमा निर्वाचित भएका थिए । विपक्षी गठबन्धनमा काँग्रेस र एकीकृत समाजवादीका ३३ […]

प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतमको मात्र एकल उम्मेदवारी परे पछि निर्विरोध निर्वाचित

२६ पुष २०७९, मंगलवार १८:१३ विराटनगर / पुष २८ गते हुने प्रदेश १ सभाको सभामुखकोे निर्वाचनमा माओवादी केन्द्रका बाबुराम गौतमको मात्र एकल उम्मेदवारी परे पछि निर्विरोध निर्वाचित हुने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी नदिएपछि उनको एकल उम्मेदवारी परेको हो । गौतमलाई एकीकृत समाजवादीले पनि समर्थन गरेको थियो । ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम […]

नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको अध्यक्षमा आचार्य

२४ पुष २०७९, आईतवार १८:४८ विराटनगर / नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुवोध आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । यस्तै सचिवमा नविन बराल, सहसचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा जयराम राजवंशी चयन भएका छन् । सदस्यहरुमा किरण रिजाल, राजेन्द्र भट्टराई, सुरज गौतम, अर्जुन बाँस्तोला, […]

सानो आकारको मन्त्रीमण्डल बिस्तार हुन्छ : नवनियुक्त मुख्यमन्त्री कार्की

२४ पुष २०७९, आईतवार १८:४५ विराटनगर / प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि सबै दलको प्रतिनिधित्व हुने गरेर सानो आकारको मन्त्रीमण्डल बिस्तार हुने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वासको मत लिएपछि मात्रै थप प्रक्रिया अघि बढाउने बताए । ‘‘कति सदस्यीय बन्न भन्ने छैन । हामी सानो आकारको बनाउँछौँ। […]

भण्डारी एमाले प्रदेश १ को प्रमुख सचेतक चयन

२१ पुष २०७९, बिहीबार १७:४२ विराटनगर / रेवतीरमण भण्डारी नेकपा एमालेले प्रदेश १ को प्रमुख सचेतकमा चयन भएका छन् । एमालेको आज बसेको संसदीय दलको बैठकले भण्डारीलाई सर्वसम्मत प्रमुख सचेतकमा चयन गरेको हो । भण्डारी सुनसरी क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी एमालेका ४० संसद छन् […]

प्रदेश १ को प्रदेशसभा पहिलो बैठकले दुई वटा अध्यादेश पारित

१७ पुष २०७९, आईतवार १५:३९ विराटनगर /प्रदेश १ को प्रदेशसभा पहिलो बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित गरेको छ । आज बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश र प्रदेशसभा नियमावली २०७४ (संशोधन सहित) पारित गरेको हो । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ […]