AArya
RUMPUM
animated ellipse animated ellipse

विगतको भन्दा राम्रो निर्वाचन हुन्छ ,हल्लाको पछि नलागौं : गृहमन्त्री अर्याल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०८२, शुक्रबार १७:५८
99
Shares
विराटनगर / गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरे ।

निर्वाचन हुन ६ दिन मात्रै रहेकाले कुनै हल्लाको पछि नलाग्न उनको आग्रह छ । निर्वाचन सुरक्षाबारे स्थलगत भ्रमणका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आज विराटनगर आएका गृहमन्त्री अर्यालले पत्रकारसँगको कुराकानीमा विगतको भन्दा राम्रो निर्वाचन हुने दावी गरे।

गृहमन्त्री अर्यालले निर्वाचनको सुरक्षा एकीकृत सुरक्षा योजना अनुशार भइरहेको बताए । नेपाली सेनाले सुरक्षा योजना अनुसारनै १६५ वटै निर्वाचन क्षेत्रमा मतपेटिका, मतपत्र पुर्याएको उनले बताए । सुरक्षा योजना अनुसार केन्द्रमा गृहमन्त्री, प्रदेशमा प्रदेश प्रमुख सचिव र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा निर्वाचन सुरक्षाको काम भइरहेको गृहमन्त्री अर्यालले बताए ।

निर्वाचन आचारसंहिता कार्यान्वयन राम्रोसँग भइरहेको गृहमन्त्री अर्यालको दाबी छ । उहाँले नागरिक सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए। आचारसंहिता पालना नगर्ने कारवाहीको भागिदार बन्ने गृहमन्त्री अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर