मोरङमा ९१ सहित प्रदेश १ मा आज २ सय ६६ जना कोरोना संक्रमण पुष्टि

खबर पूर्वाञ्चल, १८ बैशाख २०७८, शनिबार १८:४०

विराटनगर / प्रदेश १ मा आज २६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमाबाहेक झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३८ महिला र ४३ पुरुष सहित ८१, बुढीगंगामा ३, पथरीशनिश्चरे र जहदामा २–२, बेलबारी , सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा २४, विर्तामोडमा ११, अर्जुनधारामा ८, मेचीनगर र कनकाईमा ७–७, गौरादहमा ४, बुद्धशान्तिमा ३, हल्दिबारीमा २ र शिवसताक्षी, गौरीगञ्ज, कचनकवल र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ३५, इटहरीमा २१, बराहक्षेत्र र इनरुवामा ४–४, रामधुनीमा २, बर्जु र देवानगञ्जमा १–१, इलामको रोङमा ६, उदयपुरको चौदण्डीगढीमा २, बेलका, त्रियुगा र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, संखुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९ सय १७ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ४० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ८२ पुगेको छ । प्रदेश १ मा आज ७ सय २५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय २२ महिला र १ सय ४४ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५