पत्रकार नेपालसहित दुईजनालाई जंगवीर गुभाजु पुरस्कार

१२ फाल्गुन २०७७, बुधबार १८:५५ विराटनगर  जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान झापाले यस वर्षको पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आज बसेको बैठकले डेढ दशकदेखि पत्रकारितामा सक्रिय नेपाललाई नगद ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । स्काई एफएम, नेपाल वानमा काम गरिसकेका नेपाल हाल मकालु टेलिभिजनमा सहायक सम्पादक […]

कृषिको व्यवसायिकरणका लागि साप्ताहिक बजार सञ्चालन गर्ने

१२ फाल्गुन २०७७, बुधबार १८:४९ विराटनगर / कृषिलाई व्यवसायिकरण गरी कृषकका उत्पादन उपभोक्ता समक्ष सहज रुपमा पु¥याउनका लागि यही फागुन १४ गतेदेखि साप्ताहिक कृषि बजार सञ्चालनमा आउन लागेको छ । नेपाल युवा उद्यमी मञ्च विराटनगरले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कृषकहरुलाइ कृषिमा लाभको क्षेत्र पहिचान गराई स–साना मात्राका उत्पादन हुने कृषि वस्तुहरुलाई एकै स्थानमा राखी बजार प्रवद्र्धनका लागि मोरङको कटहरीस्थित […]

सदन पुनःस्थापनापछि विराटनगरको चौक–चौकमा खुसियाली

११ फाल्गुन २०७७, मंगलवार २०:५८ विराटनगर/ प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले आज विघटन गरेसँगै प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघिय समाजवादी पार्टीका विद्यार्थीहरूले सडकमा निस्किएर खुसियाली मनाएका छन् । उनीहरूले आज साँझ विराटनगरको विभिन्न चोकहरूमा दिप प्रज्जवल गर्दै खुसियाली मनाएका हुन् । सर्वोच्चको निर्णयलाई ऐतिहासिक भन्दै उनीहरुले विराटनगरको ट्राफिक चौक, महेन्द्रचौक, बरगाछी, देवकोटालगायतको […]

लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ७ जना पक्राउ

११ फाल्गुन २०७७, मंगलवार १९:४५ सुनसरी / सुनसरीको धरान उप महानगरपालिकाका विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ७ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगर र ट्याब्लेटको ओसार पसार तथा बिक्री बितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान ३ का ३० वर्षीय विनय तामाङ, २५ वर्षीय उत्सव श्रेष्ठ र ३० वर्षीय उमेश […]

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

११ फाल्गुन २०७७, मंगलवार १९:३८ तेह्रथुम / श्रीमतीको हत्या गरी फरार रहेका छथर गाउँपालिका–१ का ५२ बर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ३ गते सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर झ–झगडा हुँदा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरी फरार रहेका शेर्पालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले फागुन–९ गते झापाको काकडभिट्टाबाट पक्राउ गरेको […]

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

११ फाल्गुन २०७७, मंगलवार १९:३३ दमक / झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविरमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना श्रीमान पक्राउ परेका छन् । भुटानी शरणार्थी शिविरमा सेक्टर डि. ४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय श्रीमान सेरबहादुर राईले ४९ बर्षीया श्रीमती बिष्णुमाया तामाङ राईलाई आज बिहान ५ बजे मादक पदार्थ सेवन गरी कुटपिट गरी घटनास्थलमा नै हत्या गरेको भन्ने […]

अब हिउँदमा पनि ढुक्क, वर्षातमा पनि ढुक्क

११ फाल्गुन २०७७, मंगलवार १९:२१ मनोज दाहाल विराटनगर / नाम अनुसारको कामले गर्दा वर्षेनी मोरङको बक्राहा नदीबाट जनजीवन प्रभावित हुनुकासाथै जनधनको पनि क्षति भइरहेको छ । बर्षातमा उर्लिएर आउने बाढीका कारण जनधनको क्षति भइरहेको बताइएको छ । हेर्दा सामान्य जस्तो देखिने यो नदीबाट जमीन कटान र बस्ती डुबानमा पर्ने गरेको छ । नदीमा आउने बाढी र कटानको समस्यालाई समाधान गर्न […]

बाँस बिक्रीबाट मनग्य आम्दानी

११ फाल्गुन २०७७, मंगलवार १९:०९ अन्जना पराजुली विराटनगर । लगनशील भई काम गर्दा प्राप्त हुने आत्मसन्तुष्टि नै ठूलो हुने उदाहरण बाँस बिक्रेताबाट देखिएको छ । विराटनगर–११ केशलीया नदी सडक छेउमा विगत ३० वर्षदेखि बाँस बेच्दै आएका जुगल मण्डलले सो कुराको पुष्टि गरेका छन् । उनले मेहनत र लगनशील भएर काम गर्दा परिवारको पालनपोषण र मासिकरुपमा राम्रो आम्दानी गर्न सफल हुने […]

मायाघरका बृद्धबृद्धालाई नेशनलले खुवायो भोजन

१० फाल्गुन २०७७, सोमबार २१:०१ इटहरी / नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इटहरी र दमक शाखाले सोमबार बृद्धावृद्धाहरुलाई भोजन गराएर कम्पनीको ३४ औं वार्षिक उत्सव मनाएको छ । कम्पनीको इटहरी शाखाले इटहरी २ हवाई चोकमा रहेको मायाघरमा आश्रित १०० बढी वृद्धवृद्धा तथा बालबालिकाहरुलाई मिठो भोजन खुवाएको हो । कम्पनीको ३४ औं बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व […]

प्रमुख सचेतकको गाडीले ठक्कर दिदा दुई जना घाइते

१० फाल्गुन २०७७, सोमबार २०:५७ विराटनगर/ नेकपा प्रदेश १ का संसदीय दलका प्रमुख प्रमुख सचेत बुद्धीकुमार राजभण्डारीको सरकारी गाडीले ठक्कर दिएर मोटसाइकल चालक र सवार गरि दुई जना घाइते भएका छन् । राजभण्डारीको १ झ ६५५ नम्बरको स्कारपियोले गाडीले विराटनगर– इटहरी सडक खण्ड अन्र्तगत मोरङको बुढीगंगा गाउँपालिका २ टंकीसिनवारी स्थित ठक्कर दिदा मोटसाइकल चालक र सहचालक घाइते भएका हुन् । […]