AArya
RUMPUM
animated ellipse animated ellipse

संविधान दिवसको अवसरमा विराटनगरमा रोड रेस, २५० खेलाडी सहभागी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०८३, शुक्रबार १२:११
3
Shares
विराटनगर / संविधान दिवस २०८३ को अवसरमा विराटनगरमा आज रोड रेस प्रतियोगिता, आयोजना गरिएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको बताए । उनले प्रदेशमा खेलकुद गतिविधिलाई विस्तार गर्ने उद्देश्यले ‘कोशी दौडिन्छ’ कार्यक्रमअन्तर्गत रोड रेस आयोजना गरिएको बताए ।

प्रतियोगितामा १५ वर्षमुनिका महिला तथा पुरुष र ५० वर्षमाथिका भेट्रान महिला तथा पुरुष खेलाडीले सहभागिता जनाएका छन् । प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव बिप्लव घोषका अनुसार विभिन्न विधामा गरी करिब २५० खेलाडी प्रतियोगितामा सहभागी भएका छन् ।

घोषका अनुसार प्रतियोगितामार्फत खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै प्रदेशमा खेलकुदको वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ । संविधान दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताले खेलकुदसँगै स्वस्थ जीवनशैली प्रवर्द्धनमा समेत योगदान पुग्ने आयोजकको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर