मोरङ अटोमोवाईल्सको साधारण सभा

१० माघ २०७७, शनिबार १९:३१ विराटनगर/ मोरङ अटोमोवाईल्स डिलर्स एसोसिएशनको १३ औं साधरण सभा सम्पन्न भएको छ । विराटनगरमा शनिबार अटोमोवाईल्सको साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसर पारेर तीन जनालाई सम्मान गरिएको छ । अटोमोवाईल्सले समाजसेवी तथा उद्योगी दिनबन्धु गोयल, मोरङ अटोमोवाईल्स डिलर्स एसोसिएशनको पूर्वउपाध्यक्ष हरीकृष्ण ढकाल र पूर्व संस्थापक सचिब पुरुषतम निरौलालाई सम्मान गरेको हो । […]

छ महिनामा साकोस १ करोड ५७ लाख ९१ हजार रुपैयाँ नाफा

१० माघ २०७७, शनिबार १६:५० विराटनगर/ साहारा नेपाल साकोस विराटनगर सेवा केन्द्रले ६ महिनामा १ करोड ५७ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । सुनसरीको बर्जु गाउँपालिकाको बर्जु तालमा आज भएको साहारा नेपालको अर्धवार्षिक समिक्षा कार्यक्रममा यस्तो जानकारी गराएको हो । साहारा नेपाल साकोस विराटनगर सेवा केन्द्रले ८७ करोड ९५ लाख १ हजार ऋण लगानी गरेको छ । निक्षेप […]

आरती स्ट्रिप्सले ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ बजारमा ल्याउँदै,

८ माघ २०७७, बिहीबार १७:५० विराटनगर/ बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिले अत्याधुनिक ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ को उत्पादन सुरू गर्ने भएको छ । आउँदो वैशाखदेखि कम्पनीले उक्त नामको जस्तापाता उत्पादन गरि बजारमा ल्याउने भएको हो । यसअघि आरती स्ट्रिप्सले जिङक कोटेड र कर्कट पाता २ लाइनबाट उत्पादन गर्दै आएको थियो । अहिले नयाँ उत्पादन गर्न लागेको ‘ग्यालभोलुम रंगिन […]

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समिति पदस्थापन

८ माघ २०७७, बिहीबार १६:२४ विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का नवनिर्वाचित पदाधिकारीहरुलाई विराटनगरमा पदस्थापना गरिएको छ । प्रदेशका निर्वतमान अध्यक्ष नरेन्द्र खड्काले अध्यक्ष टिकाराज ढकाल, उपाध्यक्षद्वय भीमवहादुर पौडेल, राजेन्द्र राउत, कोषाध्यक्ष रमेश राठी र नौ सदस्यहरुलाई बुधबार साँझ शपथ ग्रहण गराए । कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पर्यटन र कृषिमा सरकारको सहकार्यबाट मुलुकमा […]

कृषि विकास बैंक ५४ औं वर्षमा

७ माघ २०७७, बुधबार १७:१६ विराटनगर / कृषि विकास बैक लि. प्रदेश १ प्रदेश कार्यालय विराटनगरले ५४ औ बार्षिकोत्सव भर्चवल माध्यमबाट सम्पन्न गरेको छ । विश्वव्यापी कोरोना महामारीको प्रकोप कायम रहेको अवस्थामा प्रविधीको प्रयोगका माध्यमबाट बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । प्रदेश १ का सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तर खत्रीको प्रमुख आतिथ्य र कृषि विकास बैक लि. […]

आन्तरिक राजस्व कार्यालय विराटनगरको राजश्व संकलन लक्ष्य नजिक

२ माघ २०७७, शुक्रबार १७:५३ विराटनगर / आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष छ महिनाको अवधिमा कुल तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरि राजश्व संकलन लक्ष्य नजिक पुगेको छ । सो अवधिमा कार्यालयले तीन अर्व ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा दुई करोड ५५ लाख […]

निलो आकाश सहकारीको अध्यक्षमा श्रेष्ठ

२५ पुष २०७७, शनिबार १९:५७ विराटनगर / विराटनगर– ५ स्थित निलो आकाश बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा सुनिलकुमार श्रेष्ठ चयन भएका छन् । विराटनगरमा आज भएको सहकारीको आठौं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो । सहकारीको उपाध्यक्षमा गंगादेवी पोखरेल भट्टराई, सचिव नरेन्द्र राई, सह–सचिव रामकुमार यादव र कोषाध्यक्षमा विष्णुकुमारी तामाङ रहेका छन् । समितिको […]

नेपाः सहकारीको साधारण सभा सम्पन्न

२५ पुष २०७७, शनिबार १९:३७ विराटनगर/ विराटनगर ७ स्थित नेपाः बहुउद्देश्यीय सहकारी संस्था लि. ले २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको भवनमा आज वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सहकारीले आर्थिक वर्षमा १२ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । सहकारीको निक्षेप संकलन १० करोड ५५ लाख ७६ हजार रहेको छ । कर्जा प्रभाव […]

साप्ताहिक हाटबजार खुलाउन माग राख्दै प्रर्दशन

२० पुष २०७७, सोमबार १९:४९ विराटनगर / विराटनगरको विभिन्न स्थानमा लाग्दै आएको साप्ताहिक हाटबजार खुलाउन माग राख्दै स्थानिय व्यापारी सडकमा आएर प्रर्दशनमा उत्रिएका छन् । कोरोना संक्रमणको कारण बन्द भएको विराटनगरको साप्ताहिक हाट बजार खुलाउन माग राख्दै सोमबार विराटनगर महानगरपालिका अगाडी भेला भइ विरोध प्रर्दशन गरेका हुन् । कोराना भाइर संक्रमण रोकथाम र नियन्त्रण गर्न गत चैतमा सरकारले लकडाउन सुरू […]

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशको अध्यक्षमा ढकाल निर्विरोध

२० पुष २०७७, सोमबार १९:४१ विर्तामोड / नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा झापा विर्तामोडका उद्योगी टिकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा आज भएको तेस्रो साधारणसभाबाट ढकाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । संघको जिल्ला नगरतर्फको उपाध्यक्षमा भीमबहादुर पौडेल र एसोशिएटतर्फको उपाध्यक्ष विराटनगरका उद्योगी तथा समाजसेवी राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । राउत नेपाल […]

1 2 3 71