पूर्वाञ्चल खबर
मोरङ वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त अनुगमन टोलीले बुधबार साँझ उनलाई नियन्त्रणमा लिएको हो। अनुगमनपछि मार्टमा सिलबन्दी गरिएको छ।
सिए आईटी क्षेत्रमा वैदेशिक लगानी र सफ्टवेयर विकास गर्ने भन्दै व्यावसायिक भिसामा नेपाल बसेको पाइएको छ।
उद्योग विभागको अभिलेखमा उनको समेत लगानी रहेको ‘तोङ आईटी ग्रुप प्राइभेट लिमिटेड’ सफ्टवेयर विकासका लागि दर्ता भएको देखिए पनि विराटनगरमा भने खुद्रा व्यापारमा संलग्न रहेको आशंका गरिएको छ।
योनो मार्ट नेपाली नागरिक धिरेन बीकेको नाममा दर्ता रहेको भए पनि यसको लगानी, सामान आपूर्ति र आर्थिक कारोबारमा चिनियाँ नागरिकको संलग्नता रहेको अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ। मार्टबाट राजस्व छली भएको आशंकामा वाणिज्य कार्यालयले अनुसन्धान गरिरहेको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले एक चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए। उनका अनुसार पक्राउ परेका सिएलाई काठमाडौं पठाउने तयारी गरिएको छ। घटनाबारे अध्यागमन, आन्तरिक राजस्व तथा अन्य सम्बन्धित निकायले समेत थप अनुसन्धान गर्ने तयारी गरेका छन्।