पूर्वाञ्चल खबर
विसं २०५३ को मदन पुरस्कार प्राप्त गर्नु हुने समालोचक प्राडा दयाराम श्रेष्ठ र सङ्गीतकरा कुशेश्वर राई सम्मानित भएका हुन् ।
देवकुमारी थापा स्मृति विसं –२०७९ बाट प्राडा श्रेष्ठलाई ५१ हजार एवं बबरसिंह थापा स्मृति सम्मान २०७९ बाट राईलाई नगद २५ हजार एवं सम्मानपत्रवाट सम्मान गरिएको छ ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजण्डारीले स्रष्टाहरुलाई सम्मान गर्दै साहित्यकार र साहित्य मुलुकको सम्पत्ति भएकोले यसको संस्थागत विकास एवं संरक्षण गरिने बताए । उनले यो प्रदेश विभिन्न जातजाति वसोवास गर्ने एउटा फुलवारी भएकोले साझा पहिचानको आधारमा कोशी प्रदेश नामकरण समेत गरिएको बताए ।
मन्त्री राजभण्डारीले पहिचानवादीले विरोधको कार्यक्रम गर्दा शान्तिपूर्ण गर्न आग्रह गर्दै आगामी दिनेमा हुने निर्वाचनमा प्राप्त गरिने दुई तिहाई मतको आधारमा संवैधानिक र कानूनी प्रकियाद्वारा प्रदेशको नाम परिवर्तन सकिने बताए ।
सम्मानित स्रष्टा प्राडा श्रेष्ठ आगामी दिनमा ‘खुकुरी र सगरमाथा’का विषयमा व्यापक अनुसन्धान गरी पुस्तक प्रकाशन गर्ने उद्देश्यले कार्य प्रारम्भ गरिरहेको जानकारी दिए ।
गुठीका अध्यक्ष कविराज न्यौपाने, साहित्यकारहरु प्रमोद प्रधान,दधिराज सुवेदी , विवश पोखरेल, दिनेशराज सुवेदी र हरिमोहन श्रेष्ठले साहित्य ,कला एवं संस्कृतिको विकासबाट मुलुकको समृद्धि झल्किने बताए ।
सोही अवसरमा मन्त्री राजभण्डारीले प्र्रमोद प्रधानले सम्पादन गरेका ‘देवकुमारी थापाका समग्र कथा’ पुस्तकको विमोचन समेत गरे ।