कोशीकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले लिइन् शपथ

२६ श्रावण २०८०, शुक्रबार १७:२८ विराटनगर / कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) की एक्ली प्रदेश सांसद निर्मला लिम्बूले शपथ लिएकी छिन् । उनलाई प्रदेश प्रमुख प्रशुराम खापुङ्बाट पद तथा गोपनीयताको शपथ आज गराएका हुन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट १÷१ जना मन्त्री हुने पूर्वसहमतिअनुसार जसपाकी सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीमा शपथ लिइन् । गठबन्धन […]

विराटनगरमा विना दर्ताको मेडिकुइस्ट प्रयोगशालामा शिलबन्दी

२५ श्रावण २०८०, बिहीबार १९:४५ विराटनगर / विराटनगर ७ हस्पिटल चोकमा विना दर्ताको एउटा प्रयोगशाला शिलबन्दी गरिएको छ । विना दर्ता संचालनमा आएको मेडिकुईस्ट प्रयोगशाला विराटनगर महानगरपालिकाले शिलबन्दी गरेको हो । महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आज गरेको अनुगमनको क्रममा विना दर्ता संचालन रहेको पाइएपछि मेडिकुईस्ट ल्याब शिलबन्दी गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । ‘महानगरपालिकामा […]

महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण

२३ श्रावण २०८०, मंगलवार १८:३२ विराटनगर/ विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ । महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । सुनसरीको धरानलगायतका केही स्थानमा डेंगुको संक्रमण […]

महिलालाई दुव्र्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

२३ श्रावण २०८०, मंगलवार १८:२२ विराटनगर / एक जना महिलालाई दुव्र्यवहार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका […]

डेंगुको परीक्षण गर्दा अधिकतम ६ सय रुपैयाँ भन्दा बढी लिन नपाइने

२२ श्रावण २०८०, सोमबार १९:२७ विराटनगर/ विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ । डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले सरोकारवालाहरुको बैठक राखेको हो । सरोकावालाहरुबीचको छलफलपछि विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगुको किटबाट परीक्षण गर्दा अधिकतम् ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको महानगरका […]

महानगरद्वारा डेंगु नियन्त्रण र रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु

१९ श्रावण २०८०, शुक्रबार १६:१९ विराटनगर / विराटनगर महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । महानगरले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान आजदेखि सुरु गरेको हो । कार्यबाहक मेयर शिल्पा निराला कार्कीको उपस्थितिमा वडा नम्बर १ बाट अभियान सुरु गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । १९ वटै वडाबाट बिहान ७ […]

मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुँदै, २ लाख ८५ हजारलाई लगाउने लक्ष्य

१९ श्रावण २०८०, शुक्रबार १६:१४ विराटनगर / मोरङमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । साउन २८ देखि ३२ गतेसम्म मोरङमा दादुरा – रुबेला खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय मोरङ आज आयोजना गरेको पत्रकार सम्मेलनमा २ लाख ८५ हजार ८७७ जना बालवालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य […]

शिक्षादीप स्कुलमा निःशुल्क आँखा शिविर

१८ श्रावण २०८०, बिहीबार १७:३२ विराटनगर / विराटनगर–१० मा रहेको शिक्षादीप स्कुलमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । स्कुलमा आयेजना गरिुउको आँखा शिविरमा स्कूलमा अध्ययनरत विद्यार्थी र उनीहरुको अभिभावकलगायत स्कुलका शिक्षकहरुको सहभागि रहेको स्कुलका को–अर्डिनेटर गणेश गौतमले जानकारी दिए । शिवरमा विराटनगर–१४ माच रहेको ब्यि ज्योती अस्पताका चिकित्सकले सहजिकरण गरेका थिए । केही दिनदेखि स्कुलमा अध्ययन गर्ने विद्यार्थीरुमा आँखा […]

महानगरले १९ वटै वडामा डेंगु रोकथाम र नियन्त्रणको अभियान सञ्चालन गर्ने

१६ श्रावण २०८०, मंगलवार १८:४८ विराटनगर / विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरेर आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । कार्यबाहक मेयर शिल्पा निराला कार्कीले […]

फार्मेसीको दरबन्दी अबिलम्ब सिर्जना गर्न एनपीएको माग

१२ श्रावण २०८०, शुक्रबार १८:०९ विराटनगर / नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए)ले सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्डअनुसार फार्मेसीको दरबन्दी अबिलम्ब सिर्जना गर्न माग राखेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदैं एनपीएले उक्त माग गरेको हो । उसले अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ पूर्ण रुपमा लागू गरिनुपर्ने तथा मन्त्रालयले कार्यान्यनको अवस्थामा पनि अनुगमन […]