नेपाल तेक्वान्दो संघको साधारणसभा सम्पन्न

१ श्रावण २०८०, सोमबार १८:१९ विराटनगर / नेपाल तेक्वान्दो संघ मोरङ औं साधारणसभा सम्पन्न भएको छ । र विराटनगरमा आर्थिक वर्ष २०७९/०८० को आर्थिक र संगठनको प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले मार्सल आर्ट खेलको क्षेत्रमा तेक्वान्दोले एउटा छुट्टै प्रभाव जमाउँदै अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल भएको […]

नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को अध्यक्षमा पुनः घमाल चयन

२० असार २०८०, बुधबार १९:१५ अष्ट्रिया / स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापित नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को अध्यक्षमा पर्यटन व्यवसायी एवं समाजसेवी दिलकुमार घमाल पुनः चयन भइका छन् । ग्रिल पार्टीसहितको भेलाले घमालको अध्यक्षतामा संघको पुनर्गठन गरेको हो । संघको उपाध्यक्षमा ख्याम विश्वकर्मा, अञ्जन अधिकारी (जर्मनी), महासचिवमा राजु विश्वकर्मा, सचिवमा सुनिल विश्वकर्मा, अमृत तिवारी, जेनेरल ट्रेजोर गर […]

अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल हुन विद्यार्थीहरुलाई मेयर कोइरालाको आग्रह

१८ असार २०८०, सोमबार १९:१० विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरे । आज महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र शिक्षालयका प्राचार्य परिवेश पराजुलीले विजेता खेलाडीहरुलाई अबिर लगाएर मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरेका […]

सफ्ट टेनिसको राष्ट्रिय प्रतियोगितामा विराटनगरकी जर्जियाले खेलिन तीन वटा फाइनल

१६ असार २०८०, शनिबार २०:३२ विराटनगर / सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पाँच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छिन् । बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छिन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छिन् । तीन वटा खेलमा उनले नगद ८५ हजार रुपैंया […]

खेलकुद महानगरको उच्च प्राथमिकतामा छ : मेयर कोइराला

१६ असार २०८०, शनिबार २०:०२ विराटनगर/ विराटनगर महानगरपालिका वडा नम्बर १९ को आर्थिक सहयोगमा सुनौलो नेपालले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक विकाससँगै अनुशासित बनाउने बताए । उनले अनुशासित नागरिकले मात्रै समाजलाई रुपान्तरण गर्ने दाबी गरे । मेयर कोइरालाले महानगरले अन्य क्षेत्रलाई झैं […]

सफ्ट टेनिसको राष्ट्रिय प्रतियोगिता सुरु

१३ असार २०८०, बुधबार १९:१९ विराटनगर / अन्तराष्ट्रिय प्रतियोगितामा बहुसंख्यक नेपालीले सहमागिता जनाउंने गरेको सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगिता विराटनगरमा सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्डको प्रायोजन र मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनमा खुल्ला राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु गरिएको हो । पाँच बिधामा गराईने प्रतियोगिताको पहिलो दिन आज महिला एकल तर्फ ४ जना र पुरुष एकल […]

एभरेष्ट र बुढानिलकण्ठलाई अन्तर विद्यालय टेवलटेनिसको उपाधी

१२ जेष्ठ २०८०, शुक्रबार १९:३१ विराटनगर / पहिलो अन्तर विद्यालय टेबुलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा आज सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि जितेको हो । प्रतियोगिताको सब जुनियर छात्रतर्फ बुढानिलकण्ठ स्कुलका रिजन पाण्डे प्रथम, सगरमाथा स्कुलका अभिषेक मुखिया दोश्रो भएका छन् । […]

एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा

११ जेष्ठ २०८०, बिहीबार १९:२४ विराटनगर / प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा आजदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर एकल छात्रा तर्फका खेलहरू भएको छ । जुनियर छात्र एकल तर्फ विराटनगरको एभरेष्ट स्कुल र बुढानिलकण्ठ स्कुल फाइनलमा पुगेको छ […]

कराँते डो संघ कोशीको अध्यक्षमा कडेल

७ जेष्ठ २०८०, आईतवार १७:३१ विराटनगर / नेपाल वादोरियो कराँते डो संघ कोशी प्रदेश गठन भएको छ । विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी कराते डो संघ गठन गरेको हो । नेपाल वादोरियो कराँते डो संघ कोशी प्रदेशको अध्यक्षमा राजन कडेल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा पुष्पधन शाक्य, सचिव राजु धमला, र कोषाध्यक्षमा दुर्गाचरण राजवंशी रहेका छन् । समितिको […]

आइटिएफ. तेक्वाण्डो विभाग गठन

७ जेष्ठ २०८०, आईतवार १७:२८ विराटनगर / मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आइ. टि. एफ. तेक्वाण्डो विभाग गठन भएको छ । विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी विभाग गठन गरेको हो । आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटी, उपप्रमुख चुतरलाल चौधरी (रमेश), सचिवमा जीतन थापा रहेका छन् । सदस्यहरुमा निर्मला गुरूङ्ग, दिलमाया गुरूङ्ग, कोशन महासेठ, प्रभुदेव शिवाकोटी, सपुत तामाङ्ग, तुलसी सुवेदी, […]