AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिसान फुटबलमा रेडस्टार, कान्तिपुर र अर्किड विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०८२, बुधबार १७:३४
108
Shares
विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत बुधबा भएको हिसान फुटबलमा रेडस्टार कलेज, कान्तिपुर कलेज र अर्किड कलेज विजयी भएका छन् ।

शहिद मैदानमा भएको पहिलो खेलमा रेडस्स्टार कलेजले कोशी मोडेल कलेजलाई २–० को गोल अन्तरले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ म्याच मनिस लिम्बु र विजय मगरले १–१ गोल गरे ।

दोस्रो खेलमा कान्तिपुरले बुद्ध कलेजलाई ३–१ को गोल अन्तरले पारजित गरिसेमिफाइनलमा प्रवेश गरेको छ । कान्तिपुरकोे जितमा प्लेयर अफ द म्याच गौतम चौधरीले २ गोल र निसान्तकुमार चौधरीले १ गरे भने बुद्धका जतिनकुमार थारुले १ गोल गरे ।

तेस्रो खेलमा अर्किड कलेजले होली चायल्ड कलेजलाई १–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुद्धको जितमा प्लेयर अफ द म्याच विवेक खवासले १ गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर