पथरीशनिश्चरेमा सडक शिलान्यास
२४ फाल्गुन २०७६, शनिबार २०:४२ पथरी / मोरङको पथरीशनिश्चरे ४ मा सडक स्तरोन्नती कार्यको शिलान्यास भएको छ । आज वडाध्यक्ष गोविन्दबहादुर भण्डारीसहित वडा सदस्यहरु र स्थानीयवासीको उपस्थितिमा देउरालीचोकमा २८० मिटर सडक स्तरोन्नतीको लागि शिलान्यास भएको हो । शिलान्यास कार्यक्रममा वडाध्यक्ष भण्डारीका साथ वडा सदस्यहरु तुलसादेवी दर्जी, अम्बरबहादुर बराईली, स्थानीय युवा समाजसेवीहरु राजकुमार विश्वकर्मा, नारायण दाहाल, शमशेर राईलगायतको उपस्थिति रहेको थियो […]