विर्तावाल मादीका दाहाल परिवारको नाटक : दाइजो नल्याएको निहुँमा बुहारीलाई तिरस्कार

बाहिर देखाउने पुरस्कार
खबर पूर्वाञ्चल, ५ असार २०७५, मंगलवार १६:५८
पिडित पुजाका श्रीमान रविन्द्र दाहाल

विराटनगर / विर्तावाल मादीका धनाढ्य र पहुँच भएको घरका सदस्यसँग विवाह गरेकी एक महिलाले कसैबाट पनि न्याय पाउन नसकेको गुनासो गरेकी छिन् ।

विराटनगर–५ मा घर भएका रविन्द्र दाहालसँग २०५६ सालमा विवाह गरेकी पूजा आठ वर्षदेखि निरन्तर न्यायको संघर्षमा रहेर पनि न्याय पाउन नसकेकी हुन् ।

विवाह गरेको सुरुका दिनमा दाईजो नल्याएको आरोपमा घरपरिवारले दुःख दिएका थिए । त्यसपछि छोरी जन्माए वापत यातना खेप्नु परेको थियो । उनले विवाह गरेको परिवार भने एउटा प्रतिष्ठान स्थापना गरेर सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई पुरस्कृत गर्ने परिवार पर्दछन् ।

उनी २०६७ देखि घरभित्रै अलग्गै बस्दै आइन् । त्यसै क्रममा अर्को छोरा समेत जन्माइन् । तर, धन ठूलो बनाएकाहरुले कहिल्यै मन ठूलो बनाएर उनीप्रति सकारात्मक बन्न सकेनन् । श्रीमान रविन्द्र र ससुरा तथा सासुको उत्पीडनमा परेकी उनी छुट्टिएर बस्न बाध्य भइन् ।

मोटरसाइकल रिपेयर सेन्टरका सञ्चालन सपन दास भित्तामा पिसाव फेर्दै ।

श्रीमानको यातना र त्यसको पीडा सहन नसकेपछि उनले आफूले पाउनु पर्ने अशं मुद्दा लिनका लागि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिन् । २०७२ मा अंश मुद्दा दर्ता गर्ने भएपछि उनका श्रीमानसहित सासु र ससुराले संयुक्त रुपमा रहेको तीन बिगाहा जग्गा बिक्री गरेछन् । साविक मुनालपथमा घर भएको पाँच कठ्ठा जग्गामध्ये एक कठ्ठा रविन्द्रको नाममा राखेर अन्य ससुराको नाममा सारेछन् ।

अदालतमा घरेलु हिंसा विरुद्धको मुद्दा दर्ता भएको थियो । कानुन व्यवसायी रुपेश कोइरालाको योजना र षड्यन्त्रले मुद्दा लामो समयसम्म अदालतमै थन्कीएको उनको भनाई छ । त्यसले बिक्री भएको जग्गा माग दावी गर्ने हदम्याद सकियो । श्रीमानको नाममा रहेको एक कठ्ठा जग्गा मात्रै अदालतले अंश कायम ग¥यो । जसमा उनलाई परेको पाँच धुरमा घरको भाग पर्दछ ।

घरको अगाडी भागमा चार सटर छन् । अंश दिनुपर्ने भएपनि चारवटा सटरमा भाडामा बसेका व्यक्तिहरुले मासिक बुझाउने भाडा श्रीमान रविन्द्रको बैंक खातामा जम्मा हुन्छ ।

यहाँ रहेको तीन बिघाहा जग्गा बिक्री गरेर श्रीमतीलाई नै थाहा नदिईकन काठमाण्डौं पुगेका रविन्द्रसहितको परिवारले छोरा–छोरी र पूजालाई यहिं छोडेका छन् । उनीहरुसँगको सम्पर्कमा आउन चाँहैनन् । तर, पूजालाई घरमा बस्न नसक्ने बनाउनका लागि रविन्द्रले भाडामा लगाएका सटरका व्यक्तिहरुलाई आगनतर्फ फर्केर पिसाब फेराउन लगाउँदै आएको उनको गुनासो छ ।

अंश मुद्दाबाट मुनालपथमा सडक मुखसँग जोडिएको एक कठ्ठा जग्गालाई श्रीमान श्रीमती, छोरी र छोराको नाममा पाँच–पाँच धुरका दरले बाँडफाँड गर्ने आदेश छ ।

अदालतको आदेशसँगै घरको सटर भाडामा लिएर बसेका सपन दास भन्ने व्यक्तिले उनीमाथि धाकधम्कीसहित मानसिक पीडा दिदैं आएका छन् । दासले मोटरसाइकल रिपेयर सेन्टर सञ्चालन गर्दै आएका छन् । तर, यति नैतिकहिन चरित्र देखाउँदै उनीमाथि यातना दिएका छन् की जब उनी पानी लिन कलमा आउँछीन्; अनि घरको आँगनतर्फ फर्केर पिसाब फेर्ने गरेका छन् ।

श्रीमान रविन्द्रको आडमा यति धेरै मानसिक यातना पाएकी पूजाले जिल्ला प्रहरी कार्यालय मोरङमा समेत खबर गरेकी छिन् । मोरङमा प्रहरी उपरीक्षक सन्दिप भण्डारी वहालछँदा उनलाई रग्ताम्य पारेर रविन्द्रले कुटेका थिए । त्यसबेला उनी रगतसरी जिल्ला प्रहरी पुग्दा भण्डारीले आफन्त मान्छे हुन् कारवाही गर्दिन भनेर फर्काएका थिए ।

त्यसपछि उनका लागि प्रहरीसम्म पुग्नुपर्ने आवश्यकता नरहेको महशुस भयो । उनले प्रहरीलाई छोडेर मानव अधिकारको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थामार्फत न्याय खोजिन् तर सबैले दाहाल परिवार भन्दै छोड्दै गए !

पछिल्लो समय सटर भाडामा लिएर बस्दै आएका दासको हर्कत विरुद्ध विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाललाई पूजाले सुनाएकी थिइन् । दाहालले दासलाई बोलाएर दश दिन भित्र सटर छोड्न भनेका थिए । तर, दाहाल परिवारका अर्का सदस्य कमलराज दाहालले प्रशासकिय अधिकृत दाहाललाई महिलाको पक्ष नलिन भनेको कुरा पुजाले बताइन् । तीनै कमलका कारण म योे स्थीतीमा आएको पुजाले भनीन् । दाहाल परिवारले सटर भाडामा लिएर बसेका दासलाई पूजाले गालीगलौज गरेको भन्दै अदालतमा मुद्दा दर्ता गर्न लगाएका छन् ।

कमलराज दाहाल आफैं साहित्य र पत्रकारिता पुरस्कारको स्थापना गरेर वर्षेनी बाँड्ने र सामाजिक क्षेत्रमा योगदान पु¥याएको देखाउँदै आएका व्यक्ति हुन् ।

पीडित पूजा भन्छिन्–मेरा लागि अब सहारा कसले दिन सक्ला ? सबैलाई किनेको भन्दै दाहाल परिवारले मलाई बारम्बार दुःख दिईरहेका छन् । कति संघर्ष गरौं, कति पीडा सहन सकौं । पत्रकार महासंघ मोरङ शाखामा आएकी उनले पत्रकारसँग भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५